News Summary
Generated by OK AI. Editorially reviewed.- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका करिब १४० ठूला ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।
- नेपाल सरकारले २०८० साल चैत १३ गते गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो।
- समितिले ऋण चुक्ता नगरेका ऋणीहरूलाई यथाशीघ्र ऋण चुक्ता गर्न निर्देशन दिँदै कानुनी कारबाहीको चेतावनी दिएको छ।
८ जेठ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।
कार्यालयले सो सहकारीका करिब १४० ठूला ऋणीको नाम शुक्रबार सार्वजनिक गरेको हो । समितिले २०८३ साल वैशाख २३ गते बसेको बैठकको निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरिएको जनाएको छ। यसअघि नेपाल सरकारले मिति २०८०/१२/१३ मा गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो ।
समितिका अनुसार उपलब्ध ऋणी विवरणका आधारमा नामावली सार्वजनिक गरिएको हो। साथै, ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित उपस्थित हुन आग्रह गरिएको छ ।
गौतमश्री २०८० चैत १३ गते समस्याग्रस्त घोषण भएको थियो । सो सहकारीका एक हजार ६ सय ७३ बचतकर्ताले ३ अर्ब १ करोड बराबरको माग दाबी गरेका छन् ।
त्यस्तै, हालसम्म ऋण भुक्तानी नगरेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न निर्देशन दिइएको छ । अन्यथा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ।
प्रतिक्रिया 4