+
+
Shares

गौतमश्री सहकारीका व्यवस्थापक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते १६:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंबाट कुलेश्वरस्थित गौतमश्री बहुउदेश्यी सहकारी संस्थाका व्यवस्थापक रवीन बिष्टलाई पक्राउ गरिएको छ।
  • रवीन बिष्टलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
  • उनीमाथि साढे ५ अर्बभन्दा बढी ठगी गरेको आरोप छ र काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइनेछ।

२० चैत, काठमाडौं । कुलेश्वरमा रहेको गौतमश्री बहुउदेश्यी सकारी संस्था लिमिटेडका व्यवस्थापक पक्राउ परेका छन् ।

पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय व्यवस्थापक रवीन बिष्टलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाटै पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयको एसपी मनोहर भट्टले बताए ।

पक्राउ परेका बिष्टविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइनेछ । यो सहकारीले साढे ५ अर्ब भन्दा बढी ठगी गरेको आरोप छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?