+
+
Shares

एमाले बैठकमा ४ उपाध्यक्षले राखे नेतृत्व रुपान्तरणको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १९:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमालेको सचिवालय बैठकमा चार उपाध्यक्षहरूले नेतृत्व रुपान्तरण र पुस्तान्तरणको माग गरेका छन्।
  • उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण बिष्ट र रघुजी पन्तले रुपान्तरणको धारणा राखेका छन्।
  • उपाध्यक्ष रामबहादुर थापाले ओलीको नेतृत्वको पक्षमा बोलेका थिए र बैठक स्थगित भएको छ।

८ जेठ, काठमाडौं । एमालेको सचिवालय बैठकमा पार्टीका चार जना उपाध्यक्षहरूले नेतृत्व रुपान्तरणको माग मागेका छन् ।

ओलीबाट पार्टी रुपान्तरण हुन नसक्ने निष्कर्षमा पुगेका उनीहरूले पार्टी रुपान्तरण र पुस्तान्तरणको माग गरेका हुन् । आजको बैठकमा ५ जना उपाध्यक्षहरूले बोलेका थिए ।

ती मध्ये विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विस्ट र रघुजी पन्तले रुपान्तरण र पुस्तान्तरणको धारणा राखेका हुन् । उपाध्यक्ष रामबहादुर थापाले भने ओलीको नेतृत्वको पक्षमा बोलेका थिए ।

‘हामीले रुपान्तरणको कुरा गरेका छौं’ एक उपाध्यक्षले भने,’यसबारेमा पार्टीका अन्य नेताहरूले धारणा राख्न बाँकी छ ।’ पाँच उपाध्यक्षले बोलेपछि आजको बैठक स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?