+
+
Shares

संखुवासभामा पहिरोले २१८ भेडा पुरिए, एक गोठाला घाइते

दलबहादुरका २५० भेडामध्ये ३२ वटा भेडा मात्रै जीवित अवस्थामा फेला परेका छन् ।

भविन कार्की भविन कार्की
२०८३ जेठ ९ गते २०:१५

९ जेठ, संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५ फोक्टेमा पहिरोले भेडीगोठ पुर्दा २१८ भेडा पुरिएका छन् ।

शनिबार बिहान आएको पहिरोले स्थानीय दलबहादुर गुरुङको भेडीगोठ पुरिएर २१८ वटा भेडा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कुमारप्रसाद मैनालीले  जानकारी दिए ।

दलबहादुरका २५० भेडामध्ये ३२ वटा भेडा मात्रै जीवित अवस्थामा फेला परेका छन् ।  यस्तै भेडा गोठालाको काम गर्दैआएका स्थानीय २० वर्षीय झलक गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । उनको हात र खुट्टामा चोट लागेको छ ।

घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ । घटनास्थल नुम प्रहरी चौकीबाट ४० किलोमिटर टाढा छ । त्यहाँ पुग्न करिब १० घण्टा पैदल हिँड्नुपर्ने प्रहरीले जनाएको छ ।  उद्धार टोली घटनास्थलतर्फ गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?