+
+
Shares

मुसिकोट नगरपालिकाबाट नापी तथा भूमि प्रशासन सेवा सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २ गते ९:४३

२ साउन, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाको प्रशासनिक भवनबाट नापी तथा भूमि प्रशासन सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । सेवाको शुभारम्भका अवसरमा शुक्रबार नगरप्रमुख जीवन खरेलले नक्सा प्रिन्ट गरी सेवाको शुभारम्भ गरेका हुन् ।

सेवा सञ्चालनसँगै अब मुसिकोट नगरपालिकाका नागरिकले नापी तथा भूमि प्रशासनसम्बन्धी अधिकांश सेवाका लागि मजुवा वा तम्घास धाउनुपर्ने बाध्यता कम हुने भएको छ । जग्गा नापजाँच, नक्सा, स्रेस्ता लगायत भूमि प्रशासनसँग सम्बन्धित सेवा स्थानीय तहबाटै उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा नगरप्रमुख जीवन खरेलले गुल्मी जिल्लामै पहिलो पटक आफ्नै नगरपालिकाबाट यस्तो सेवा सञ्चालन गर्न पाउँदा खुसी लागेको बताए ।

सेवा सञ्चालनमा आएसँगै यसबाट नगरवासीलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे। उनले सेवा सञ्चालनमा सहयोग पुर्‍याउने सबैप्रति धन्यवाद व्यक्त गर्दै हाल आंशिक रूपमा सेवा सञ्चालन भए पनि निकट भविष्यमै पूर्ण सेवा उपलब्ध गराइने बताए ।

नगरपालिकाले स्थानीय नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा प्रवाह गर्ने लक्ष्यका साथ सेवा विस्तारलाई निरन्तरता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?