+
+
Shares

काठमाडौं उपत्यका २४ घण्टामा २५ सवारी दुर्घटना, एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते ७:३०

३ साउन, काठमाडौं । गत २४ घण्टामा काठमाडौं उपत्यकामा २५ वटा सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार गएराति साढे १२ बजे भक्तपुरको एसएस चोक नजिक दुईवटा मोटरसाइकल ठोक्किँदा एक जना चालकको मृत्यु भएको हो । उनको सनाखत हुन बाँकी छ । घाइतेहरुको विवरण पनि खुल्न बाँकी छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार गत २४ घण्टामा ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउने ७२१ जना चालक कारबाहीमा परेका छन् ।

यसैगरी शंकास्पद गतिविधि गर्ने ११३ जना काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरी नियन्त्रणमा परेका छन् । उनीहरुमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?