+
+
Shares

पल्लवीको ‘सिरानी’ विमोचन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते ११:१८

काठमाडौँ । सुदूरपश्चिममा रहेर गजल साधाना गरिरहेकी गजलकार तारा पल्लवीले आफ्नो पहिलो गजल कृति ‘सिरानी’ ल्याएकी छन् ।

आवरण प्रकाशनद्वारा प्रकाशित सो कृतिको विमोचन नेपाली गजलका अभियन्ता ज्ञानुवाकर पौडेल, ललिजन रावललगायतका अतिथिहरूले शनिबार काठमाडौँमा विमोचन गरे ।

म मान्छु वचन मेरो रसिलो थिएन
मन तिम्रो पनि त सुकिलो थिएन ।

नारी मनको पीडाका साथै विद्रोह ओकल्ने गजलकारका रूपमा परिचित पल्लवीको सो कृतिमा आठ दर्जन बढी गजल छन् ।

विमोचन समारोहमा प्रमुख अतिथि वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले सुदूरपश्चिम गजल विधामा निकै अगाडि रहेको बताउँदै कृतिकार पल्लवी धारिला गजल लेख्नमा पोख्त रहेको दावी गरे ।

सभाध्यक्ष वरिष्ठ गजलकार ललिजन रावलले पल्लवीकको गजलसिल्प उत्कृष्ट भएकोले समकालीन गजलकारहरूबिच चुनौती दिएको बताए ।

कृति समीक्षक डा. रमेश शुभेच्छुले सुक्ष्म विषयलाई कलात्मक तरिकाले प्रस्तुति दिनु गजलकारको खुवी भएको तर्क गरे । अर्का समीक्षक डा. नारायण गैरेले पल्लवीका गजल नारी चेतनाको समन्वयात्मक विद्रोहले भरिएको बताए ।

विमोचन समोरोहको आयोजक तथा आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले गजल उन्नयनमा अग्रगामी छलाङ मार्ने सुदुरपश्चिमले पल्लवीजस्ता गजलकार पाउनुले अझ सुन्दर भविष्यको ढोका खोलेको भएको बताए ।

कृतिकार तारा पल्लवीले धनगढीको गजल महोलले मोहित पारेकोले नै अफूले पहिलो कृति गजल नै निकालेको, अतिथिहरूको सटीक विश्लेषणले थप जिम्मेवारी बोध भएको बताउँदै विमोचित कृतिका गजल सुनाएकी थिइन् ।

प्रिया पत्थर साहित्य परिषद् धनगढीकी अध्यक्ष साहित्यकार हेमन्ती जोशीले सुदूरपश्चिमलाई राजधानीले अपार माया दिएको बताउँदै कृतिकारलाई शुभकामना र बधाई दिइन् ।

साहित्यकार पार्वती भट्टले कृतिकार पल्लवीको साहित्यिक यात्राका बारेका संक्षेपीकरण दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?