+
+
Shares

रास्वपा केन्द्रीय समिति बैठक सुरु

वनस्थलीस्थित घण्टी घर केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १२:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक वनस्थलीस्थित घण्टी घर केन्द्रीय कार्यालयमा सुरु भएको छ।
  • बैठकमा पार्टी दस्तावेज, साङ्गठनिक व्यवस्थापन, मनोनयन, योजना, कार्यक्रम र अभियानबारे छलफल हुने कार्यसूची छ।
  • स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३, राइट टु रिकल दस्तावेज र 'स्वतन्त्र' मासिक डिजिटल पत्रिका प्रकाशनबारे पनि छलफल हुने छ।

५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

वनस्थलीस्थित घण्टी घर केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका दस्तावेज, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम तथा अभियान लगायतका विषयमा छलफल हुने कार्यसूची छ ।

उनका अनुसार पार्टीको दस्तावेज अन्तर्गत स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन एवं राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

यसैगरी साङ्गठनिक व्यवस्थापन तथा मनोनयन अन्तर्गत केन्द्रीय समिति सदस्य मनोनयन, पदाधिकारी मनोनयन, सचिवालय सदस्य मनोनयन, विभागीय प्रमुखहरूको मनोनयन, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन बैठकको कार्यसूचीमा छ ।

योजना, कार्यक्रम तथा अभियान अन्तर्गत केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्य नेतृत्वमा स्थानीय तहमा “उम्मेदवार छनोट रूपरेखा” अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन एवं  पार्टीको मुखपत्रका रूपमा “स्वतन्त्र” मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा पनि छलफल हुने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?