+
+
Shares

बाढीले तहसनहस बनाएको स्याफ्रुबेसी (फोटो/भिडियो)

बाढीमा आफन्त गुमाएकाहरूका आँखामा आँशु रोकिएका छैनन्, अझै कोही भेटिन्छन् कि भन्ने आशा उस्तै देखिन्छ ।

कमल प्रसाईं कमल प्रसाईं
२०८३ भदौ १५ गते १६:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको बाढीमा फसेकाहरूको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धार जारी राखेका छन्।
  • नुवाकोट र धादिङका धेरै क्षेत्रमा उद्धार र राहत अघि बढे पनि रसुवाको माथिल्लो भेग, विशेषगरी टिमुरे, स्याफ्रुबेसी र रसुवागढीमा समस्या अझै कायम छ।
  • बाढीले स्याफ्रुबेसी बजार अधिकांश तहसनहस भएपछि स्थानीयहरू त्रसित छन् र आफन्त गुमाएकाहरू अझै भेटिने आशामा छन्।

१५ भदौ, रसुवा (स्याफ्रुबेसी) । रसुवाको भोटेकोशी नदीमा गत १० भदौमा आएको बाढीमा फसेकाहरूको उद्धार जारी छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय सहितले अहिले उद्धार एवं राहतका कामहरू अघि बढाएका छन् । देश तथा विदेशबाट विभिन्न सहयोगी हातहरू पनि जोडिइरहेका छन् ।

यसैबीच नुवाकोट र धादिङका धेरैजसो क्षेत्रहरूमा उद्धार एवं राहतका काम अघि बढेपनि रसुवाको माथिल्लो भेगमा भने अझै समस्या भइरहेको छ ।

विशेषगरी टिमुरे, स्याफ्रुबेसी, रसुवागढी लगायतका क्षेत्रमा अहिले पनि अवस्था जटिल छ ।

यो बाढीले धेरै क्षति पुगेकोमध्येको क्षेत्र स्याफ्रुबेसी बजार अधिकांश तहसनहस भएको छ । उक्त क्षेत्रमा रहेका स्थानीयहरू अझै त्रसित छन् ।

बाढीमा आफन्त गुमाएकाहरूका आँखामा आँशु रोकिएका छैनन्, अझै कोही भेटिन्छन् कि भन्ने आशा उस्तै देखिन्छ ।

निराशासँगै आशा पालेर बसेका स्याफ्रुबेसीबासी बाढीको त्यो दिन सम्झंदै भन्छन्– यस्तो कहिल्यै देखेका थिएनौं, यो हाम्रो लागि कालो दिन हो ।

हेर्नुस् बाढीले तहसनहस बनाएको स्याफ्रुबेसीका केही थप तस्वीरहरू–

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?