News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कफी ब्रान्ड माउन्टेनमग कफीले काठमाडौंको पुतलीसडकस्थित रेमन्ड प्लाजामा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ।
- आउटलेटसँगै माउन्टेनमगले राजधानीभित्र सेवा र बजार विस्तारलाई निरन्तरता दिएको छ।
- रेमन्ड प्लाजालाई स्वदेशी र विदेशी ब्रान्डहरूको केन्द्र र व्यावसायिक तथा फुड मल बनाउने योजना रहेको सञ्चालक सञ्जय अधिकारीले बताए।
२ मंसिर, काठमाडौं । नेपाली कफी ब्रान्ड ‘माउन्टेनमग कफी’ ले काठमाडौं पुतलीसडकमा आफ्नो आउटलेट सञ्चालनमा ल्याएको छ ।
पुतलीसडकस्थित रेमन्ड प्लाजामा खुलेको उक्त आउटलेटसँगै माउन्टेनमगले राजधानीभित्र आफ्नो सेवा तथा बजार विस्तारलाई थप निरन्तरता दिएको छ ।
माउन्टेनमग कफीले नेपाली कफीलाई आधुनिक कफी संस्कृतिसँग जोड्दै देशका विभिन्न स्थानमा आफ्नो उपस्थिति विस्तार गर्दै ग्राहकलाई प्रिमियम कफी अनुभव प्रदान गर्दै आएको छ ।
नयाँ आउटलेट सञ्चालनमा आएसँगै पुतलीसडकमा अब पर्याप्त पार्किङ सुविधा भएको भवनको खुला र व्यवस्थित वातावरणमा माउन्टेनमगको कफी अनुभव लिन सकिने छ ।
व्यस्त व्यापारिक क्षेत्रको बीचमा सहज पहुँच र पार्किङ सुविधा सहित स्थानमा आउटलेट सञ्चालनमा आउनुले कार्यालयमा कार्यरत कर्मचारी, व्यवसायी, विद्यार्थी तथा कफी पारखीलाई थप सहज हुने अपेक्षा छ ।
कुनै समय सेयर मार्केट्स कम्प्लेक्सका रूपमा परिचित रेमन्ड प्लाजालाई पुनर्संरचना मार्फत स्वदेशी र विदेशी ब्रान्डहरूको केन्द्रका रूपमा विकास गर्न लागिएको छ ।
यसलाई व्यावसायिक तथा फुड मलका रूपमा स्थापित गर्ने योजना रहेको रेमन्ड प्लाजाका सञ्चालक सञ्जय अधिकारीले बताए ।
उनका अनुसार विभिन्न प्रतिष्ठित ब्रान्ड एउटै छानामुनि ल्याएर पुतलीसडक क्षेत्रको व्यावसायिक गतिविधि र ग्राहक आकर्षण बढाउने लक्ष्य छ ।
माउन्टेनमग कफीको नयाँ आउटलेट सञ्चालनले पनि रेमन्ड प्लाजालाई नयाँ व्यावसायिक गन्तव्यका रूपमा विकास गर्ने योजनामा थप योगदान पुर्याउने अपेक्षा छ ।
प्रतिक्रिया 4