+
+

प्रदीप गिरिको घाँटी बाहिर ट्यूमर देखियो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १५:०३

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको घाँटीको देब्रे भागमा सानो आकारको ट्यूमर देखिएको छ ।

भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचाररत नेताको देब्रेतर्फको घाँटीको नलीबाहिर सानो आकारको ट्यूमर देखिएको उपचारमा संलग्न चकित्सकले बताएका छन् ।

ट्यूमर अन्त कतै नफैलिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको अस्पतालले जनाएको छ । चिकित्सकहरुले अन्य स्वास्थ्य परीक्षण पनि गरिरहेकाले रिपोर्ट हेरेर थप उपचार गरिने बताइएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस नेता गिरि एक साताअघि उपचारका लागि मुम्बई गएका थिए । उनलाई भेट्न कांग्रेस उपसभापति विमलेन्द्र निधि बिहीबार मुम्बई गएका थिए । निधिले शुक्रबार बिहान अस्पताल पुगेर नेता गिरिलाई भेटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?