४ भदौ, काठमाडौं । वीर अस्पतालमा रहेका करोडौं मूल्य पर्ने उपकरणहरु बिग्रेर उपयोगविहीन रहेको पाइएको छ ।
महालेखा परीक्षक कार्यालयको ५८ औं प्रतिवेदनमा वीर अस्पतालमा रहेका एक थान स्लाइसको सिटी स्क्यान मेसिन, एक थान पल्मोनरी फन्सन्टेड मेसिन, चार थान ग्यास्ट्रो इन्डोस्कोपी मेसिन बिग्रेर उपयोगविहीन भएको उल्लेख छ ।
त्यसैगरी २ करोड ५३ लाख मूल्य बराबरको फाइब्रोस्कान मेसिन जडान नगरि राख्दा सेवाग्राहीहरु प्रभावित बनेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार अस्पतालले क्यान्सरको रोगको उपचारका लागि २०७५ मा खरिद गरेको ४७ करोड ९० लाख ६० हजार रुपैयाँको सीटी सिमुलेटर मेसिन र टेमोथेरापी मेसिन तीन वर्यभन्दा बढी समय बितिसक्दा पनि जडान नगरी सशस्त्र प्रहरी प्रहरी बल अस्पताल अल्चवकमा राखिएको छ । उक्त मेसिन सञ्चालन गरी क्यान्सरको उपचार सुरु गर्ने प्रतिवेदनले सुझाव दिएको छ ।
वीर अस्पतालमा उपचार सम्बन्धी उपकरण दुरुस्त नहुने, बिरामीको चापको कारण सामान्य उपचारको लागि लामो समयसम्म प्रतिक्षा गर्नुपर्ने र समयमै सेवा उपलब्ध नहुने समस्या रहेको प्रतिवेदनमा उल्लेख छ ।
सामान्यदेखि जटिल किसिमको बिरामीको चाप बढ्दै गएको र प्रत्येक वर्ष बिरामीको चाप बढ्दै गएकाले वीरमा सेवा बढाउनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ ।
प्रतिक्रिया 4