+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

दशैंमा घर फर्किने यात्रुलाई लक्षित गरी मास्क वितरण

आर्यन धिमाल आर्यन धिमाल
२०७८ असोज २० गते १२:४७

२० असोज, काठमाडौं । वातावरण तथा जनस्वास्थ्य नामक गैरसरकारी संस्थाले दशैंको बेला घर फर्किने यात्रुहरुलाई लक्षित गरी मास्क वितरण गरेको छ ।

कोरोना संक्रमणको जोखिम अझै कायमै रहेकाले मास्क लगाउनु पर्ने सन्देश दिंदै कोटेश्वरमा मास्क वितरण गरेको हो ।

संस्थाका सुपरभाइजर रकी तुलसीवाख्यले काठमाडौं महानगरपालिकाको समन्वयमा स्मल अर्थ नेपालसँग मिलेर कोभिडबारे चेतनामुलक कार्यक्रम गरेको जानकारी दिए ।
‘मास्क लगाउन आग्रह गर्ने, मास्क नभएकालाई मास्क वितरण गर्ने, पुरानो मास्क लगाएकालाई त्यो फालेर नयाँ मास्क दिने, साबुन पानीले बेलाबेलामा हात धुन आग्रह गर्ने लगायतका काम गर्दै आएका छौं’ उनले भने ।

यस्तो कार्यक्रम आजै कलंकी र नयाँबसपार्क क्षेत्रमा पनि गर्ने उनले बताए । कार्यक्रममा सहभागीहरुले कोरोनाबाट जोगिने उपायबारे लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?