
१५ मंसिर, काठमाडौं। सुदूरपश्चिम प्रदेशले वाईवाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार प्रदेश १ लाई ६ विकेटले पराजित गरेको छ।
तेस्रोजितपछि सुदूरपश्चिमले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । ५ खेलबाट ६ अंक जोडेको सुदूरपश्चिम प्रदेश १ लाई नेट रनरेटमा पछि पार्दै दोस्रोस्थानमा उक्लेको छ ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा ९१ रनको लक्ष्य सुदूरपश्चिमले ३१ ओभरमा ४ विकेट गुमाउदै पुरा गर्यो। सुदूरपश्चिमको जितमा वशन्त कार्कीले अविजित रहँदै सर्वाधिक ३७ रन बनाए। यस्तै अर्जून साउदले अविजित ३२ रन जोडे ।
२३ रनमै ४ विकेट गुमाएको अवस्थामा यी दुईले अविजित ७१ रनको साझेदारी गरे । प्रदेश १ का अभिनय राजवंशीले सर्वाधिक २ तथा श्रवन किस्कु र अंकित सुवेदीले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २४ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र जोडेको थियो। प्रदेश १ का कप्तान अंकित सुवेदीले सर्वाधिक ६१ रन बनाउनु बाहेक अन्य खेलाठीले दाहोरा अंकमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमका शेर मल्लले सर्वाधिक ४ विकेट लिए भने नरेन्द्र साउदले ३ तथा कैलाश ऐरीले २ विकेट लिए। अब सुदूरपश्चिमले बागमति प्रदेश तथा प्रदेश १ ले गण्डकी प्रदेशसँग खेल्नेछ ।
लिग चरणपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । सुदूरपश्चिम ६ मध्ये ५ खेल जित्दै फाइनल पुगिसकेको छ ।
प्रतिक्रिया 4