+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

सिनेमा हल बन्द गर्ने निर्णयसँगै ‘चपली हाइट ३’ मारमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २ गते १७:०७

२ माघ, काठमाडौं । सरकारले माघ १५ गतेसम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सिनेमा हल बन्द गर्ने निर्णय गरेको हो ।

सरकारको यो निर्णय गरेसँगै शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘चपली हाइट ३’ मारमा परेको छ । निर्माताले बारम्बार प्रदर्शन मिति सार्दै पुस ३० को मिति तय गरेका थिए । तर, चलचित्र रिलिज भएको तीन दिनमै हल बन्द हुने निर्णय आएपछि निर्माता मारमा परेका हुन् ।

अर्जुन कुमारले निर्माण गरेको यो चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । सस्पेन्स थ्रिलर कथामा बनेको यो चलचित्रले दर्शकको औसत साथ पाएको छ । चलचित्रको व्यापार पनि औसत छ ।

तर, चलचित्रको वर्ड अफ माउथले आगामी दिनमा दर्शक बढ्ने अपेक्षा यसको निर्माणपक्षको छ । तर, अब हल बन्द भएपछि चलचित्रको भविष्य अन्योलमा देखिएको छ । निर्माता अर्जुन कुमारले हल खुलेपछि चलचित्र फेरि प्रदर्शन गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?