
२९ फागुन, काठमाडौं । नेपाल आइडलको पहिलो सिजनमा सेकेन्ड रनरअप भएयता प्रताप दासले पछाडि फर्केर हेर्नुपरेको छैन । २७ वर्षीय प्रताप पछिल्लो समय पाश्र्व गायन र म्युजिक भिडियोमा निकै व्यस्त छन् ।
ललितपुरको गोदावरी नगरपालिकाको झरुवारासीमा हुर्किएका प्रतापलाई परिवारको सांगीतिक पृष्ठभूमिले पनि संगीतमा आउन प्रेरणा मिल्यो । दिदी पवित्रा दास सांगीतिक क्षेत्रमा लागेको र दिदीकै प्रेरणाले आफू सांगीतिक दुनियाँमा आएको उनी बताउँछन् ।
मिजासिलो स्वभावका प्रतापको पछिल्लो चर्चित गीत ‘बाफ’ हो । उनले फिल्म ‘प्रेमगीत २’मा इन्दिरा जोशीसँग ‘मोटरसाइकल’, ‘नाइँ नभन्नु ल’मा मेलिना राईसँग गाएको ‘अलिकति स्वीट’, ‘रोज’मा प्रविशा अधिकारीसँग गाएको ‘फूल होइन काँडा’ गीत निकै रुचाइएका छन् ।
तस्वीर:शंकर गिरी/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4