
१ चैत, काठमाडौं । बलिउड अभिनेता शाहरुख खानले ओभर दी टप (ओटीटी) प्लेटफर्म सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । मंगलबार आफ्नो ट्वीटर ह्याण्डलमार्फत उनले चाँडै नै ‘एसआरके प्लस’ नाममा ओटीटी लन्च गर्ने जानकारी दिएका हुन् ।
उनले ट्वीट गरेका छन्, ‘ओटीटीको दुनियाँमा केही हुनेवाला छ ।’ यसबाट बुझ्न सकिन्छ उनले चाँडै नै आफ्नो ओटीटी प्लेटफर्म सञ्चालनमा ल्याउन लागेका छन् ।
उनले यस्तो घोषणा गरेसँगै शाहरुखका प्रशंसकहरु उत्साहित देखिएका छन् । उनीहरुले ‘एसआरके प्लस’को प्रतीक्षामा रहेका शाहरुखलाई बताएका छन् । कोरोना महामारीपछि विश्वव्यापी रुपमै ओभर दी टप (ओटीटी) प्लेटफर्मको क्रेज बढ्दै जाँदा शाहरुखले पनि आफ्नो ओटीटी लन्च गर्ने तयारी गरेका हुन् ।
नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नी प्लस हटस्टार, सोनी लिभ, जी फाइभजस्ता ओटीटी प्लेटफर्म हाल लोकप्रिय छन् ।
बलिउडका बादशाह भनिने शाहरुख खानको आगामी फिल्म ‘पठान’ हो । यो फिल्ममा जोन अब्राहम र दीपिका पादुकोणको पनि मुख्य भूमिका रहेको छ ।
प्रतिक्रिया 4