+
+

संसारका ५ देश जहाँ एउटा पनि विमानस्थल छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते ८:१५

काठमाडौं । अहिले संसारका सबैजसो देशले निकै प्रगति गरिसकेका छन् । मानिसको जीवनशैली निकै आधुनिक बनिसकेको छ । विश्वमा मानिसहरुको आवागमन बढ्दै जाँदा विमानस्थल तथा आकाशमा उड्ने विमानहरुको संख्या पनि बढिरहेको छ । तर यस्तो बेला दुनियाँमा केही यस्ता देश पनि छन् जहाँ एउटा पनि विमानस्थल छैन ।

मुलुकमा एउटा पनि विमानस्थल नभएका विश्वका ५ देश यी हुन् :

एन्डोरा : ४६८ वर्ग किलोमिटरमा फैलिएको एन्डोरामा एउटा पनि एयरपोर्ट छैन । तर यहाँ तीनवटा निजी हेलिपोर्टहरु छन् । एउटा हेलिपोर्ट अस्पतालको हो । जनसंख्या र क्षेत्रफलको हिसाबले एन्डोरा विमानस्थल नभएको सबैभन्दा ठूलो देश हो । यहाँका मानिसहरु बस र ट्रेनबाट यात्रा गर्दछन् । यहाँबाट हवाई जहाज चढ्न १२ किलोमिटर टाढा स्पेनको एन्डोरा–ला सेउ डि’उर्गेल एयरपोर्टमा पुग्नुपर्छ ।

मोनाको : पश्चिमी युरोपमा अवस्थित क्षेत्रफलको हिसाबले विश्वकै दोस्रो सानो देश हो मोनाको । फ्रान्स र इटालीको बीचमा रहेको यो देश निकै धनी छ, तर यहाँ हालसम्म एउटा पनि विमानस्थल छैन ।

भ्याटिकन सिटी : विश्वको सबैभन्दा सानो देश भ्याटिकन सिटीको क्षेत्रफल ०.४४ वर्गकिलोमिटर मात्रै छ । यति थोरै क्षेत्रफल भएको यो मुलुक इटालीको बीचमा छ । क्षेत्रफलको अभावमा यहाँ कुनै पनि एयरपोर्ट छैन र मानिसहरु भ्याटिकन सिटी जानका लागि सबैभन्दा नजिकको एयरपोर्ट इटालीको रोम हो ।

सान मारिनो : संसारमा एयरपोर्ट नभएका मुलुकको सूचिमा पाँचौं सानो देश सान मारिनो पनि पर्दछ । यहाँका मानिसहरुका लागि नजिकको एयरपोर्ट भनेको इटलीको रिमिनी हो ।

लिचेस्टाइन : अष्ट्रिया र जर्मनीको बीचमा रहेको लिचेस्टाइन पनि एउटा निकै सानो तथा दोहोरो भूपरिवेष्ठित देश हो । यो देशभित्र कुनै पनि एयरपोर्ट छैन । सबैभन्दा नजिकको एयरपोर्टमा जानका लागि स्विजरल्याण्ड जानुपर्दछ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?