+
+
Shares

संसारकै अनौठो पसल, जहाँ १ मिनेटसम्म चोर्न पाइन्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ७ गते ७:३६

काठमाडौं । जापानको राजधानी टोकियोमा पछिल्लो समय एउटा अनौठो पसलले सबैको ध्यान तानिरहेको छ। त्यो पसल त्यत्तिकै चर्चित भएको होइन। यो सायद दुनियाँकै एउटामात्रै त्यस्तो पसल हो, जसमा खुलमखुल्ला चोरी गर्न पाइन्छ।

उक्त पसलभित्र प्रवेश गरेसँगै जोकोहीलाई सामान चोर्नका लागि ६० सेकेन्डको समय दिइन्छ । त्यो समयभित्रमा पसलमा भएको जुनसुकै सामानहरु उठाउन पाइन्छ।  तर आफूलाई मन लागेको चिज चोरी गर्न पाउने यो अवसर जति रोमाञ्चक लाग्छ  त्यत्तिकै चुनौतीपूर्ण पनि छ । किनभने यसमा कडा नियमहरू राखिएका छन्।

‘जापान टुडे’का अनुसार उक्त अनौठो पसलको नाम टिओएस हो। जापानी भाषामा यो ‘चोरी’ भन्ने अर्थ दिने अक्षरको उच्चारणमध्ये एक हो। यो स्टोर आगामी मार्च १३ देखि १६ सम्म चार दिनका लागि पुनः खोलिँदैछ। गत वर्ष पहिलो पटक सञ्चालनमा आउँदा यो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको थियो। त्यतिबेला मानिसहरु पसलमा गएर चोरी गर्न पाउने आशामा घण्टौँसम्म लामो लाइनमा उभिएका थिए। यो अनौठो अवधारणा एक रेडियो कार्यक्रमसँग आबद्ध कलाकारहरूको पहलमा सुरु गरिएको हो।

के छन् शर्त ?

चोर्न पाउने यो पसलमा प्रवेश गर्न १ हजार येन शुल्क तिर्नुपर्छ। भित्र पस्नेबित्तिकै भूमिगत बजारझैँ वातावरण महसुस हुन्छ। प्रवेश पाएसँगै आगन्तुकलाई ६० सेकेन्डको समय दिइन्छ। त्यस समयमा कपडा, एक्सेसरी वा ग्याजेटहरु लगायतका जुनसुकै सामान चोर्न पाइनेछ।

तर यो खेलको सबैभन्दा कठिन पक्ष भनेको पूर्ण मौनता राख्नु हो। पसलका हरेक कुनामा जडान गरिएका अत्यन्त संवेदनशील माइक्रोफोनले सानोभन्दा सानो आवाज पनि पक्रिन सक्छन्। यदि सानोमात्रै पनि आवाज आएमा चोरी गर्नका लागि अयोग्य भइन्छ र त्यस व्यक्तिला२ तुरुन्तै बाहिर निकालिन्छ। यसरी असफल भएमा समाइसकेका सामान पनि फिर्ता गर्नुपर्छ र प्रवेश शुल्क पनि पच हुन्छ।

चोर्नेहरुको अनु

गत वर्ष यो अवधारणा सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भएपछि त्यो पसलमा ठूलो  भीड लागेको थियो। कतिपय अवस्थामा मानिसहरूलाई पसलमा प्रवेश पाउन घण्टौँसम्म लाइनमा कुर्नुपरेको थियो।

स्टोरलाई गोप्य र अन्डरग्राउन्ड बजारको शैलीमा तयार पारिएकाले भित्र छिर्नेहरूको उत्साह र तनाव दुबै बढ्छ। ६० सेकेन्डभित्र सामान छान्नु, उठाउनु र कुनै पनि आवाज नगरी बाहिर निस्कनु सहभागीहरूका लागि सजिलो काम हुँदैन।

यो अनुभव गरिसकेकाहरूका अनुसार  सबैभन्दा चुनौतीपूर्ण कुरा सामान उठाउनु होइन, आफूलाई पूर्ण रूपमा शान्त र नियन्त्रणमा राख्नु नै हो।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?