एक वर्षको बच्चालाई बढाउने तथा विभिन्न आनीबानी सिकाउने होम ट्युसन जस्तो कामका लागि हामीकहाँ कति पारिश्रमिक दिइन्छ ? त्यो १०/२० हजार रुपैयाँ मासिक हुनसक्छ ।
तर बेलायतमा भने १ वर्षको बच्चालाई होम ट्युसन पढाउने व्यक्तिले करीब साडे ३ करोड रुपैयाँ पारिश्रमिक पाउनेछन् ।
सुन्दैमा अनौठो तथा अपत्यारिलो लाग्ने यो यथार्थ घटना हो । बेलायतको एक अर्बपति दम्पतिले आफ्ना बच्चाका लागि ट्युसन पढाउन १ लाख ८० हजार पाउण्ड पारिश्रमिक दिनेगरी विज्ञापन निकालेका छन् ।
द सनमा प्रकाशित रिपोर्ट अनुसार एकजना महिलाले मम्सनेट नामक वेबसाइटमा बच्चाको निजी प्रशिक्षकको जागिरको लागि विज्ञापन शेयर गर्दै त्यसको शर्त तथा तलबसँग सम्बन्धित जानकारी समेत उल्लेख गरेकी छिन् ।
मम्सनेट एउटा यस्तो वेब प्लाटफर्म हो जसले योग्य व्यक्तिहरूलाई शिक्षणसँग सम्बन्धित जागिरहरू खोज्न सहयोग गर्दछ ।
मम्सनेटमा प्रकाशित उक्त विज्ञापनमा एउटा यस्तो जागिरका विषयमा जानकारी दिइएको छ जसमा एउटा परिवारलाई आफ्नो एक वर्षको बच्चाका लागि निजी शिक्षकको आवश्यकता परेको उल्लेख छ ।
जसमा नियुक्त हुने प्रशिक्षकले वार्षिक १ करोड ८० लाख पाउण्ड स्ट्रलिंग तलब पाउनेछन् । उक्त विज्ञापन सेयर गर्ने महिला स्वयं पनि बच्चाको शिक्षकको योग्यताका शर्त र तलब सुविधा देखेर तिनछक परेकी छिन् ।
मम्सनेटमा जागिरका बारेमा बताउँदै ती महिलाले लेखेकी छिन् : मम्सनेटले एउटा स्वप्नील जागिरसँगै एक लिंक पोस्ट गरेको थियो । त्यसैले मैले त्यसमा क्लिक गरेँ र मैले अविश्वसनीय तलब देखेँ ।
उक्त जागिरको विज्ञापन उत्तरी लण्डनको एक परिवारका लागि गरिएको थियो । उनीहरूले आफ्नो बच्चालाई अंग्रेजी जेन्टलम्यान बनाउनका लागि कुनै व्यक्तिको खोजीमा थिए ।
विज्ञापनमा उल्लेखित शर्त अनुसार बच्चा पढाउने प्रशिक्षक उच्च शिक्षाको योग्यता भएको हुनुपर्नेछ । साथै बच्चालाई कुनैपनि सांस्कृतिक पूर्वाग्रह हावी हुनुभन्दा अघि ब्रिटिस संस्कृति, मूल्य तथा सुक्ष्मतासँग परिचित गराउनुपर्नेछ ।
ती धनाढ्य बाबुआमाको उद्देश्य एक वर्षको बच्चाको जन्मजात जिज्ञासा तथा आत्मसात गर्ने क्षमताको प्रयोग गर्नुका साथै उसलाई उच्च गुणस्तरीय ज्ञान तथा सिकाई सुनिश्चित गर्नु हो ।
उक्त बच्चाको परिवार बहुभाषी परिवार हो । उक्त बच्चाको दाजुलाई ५ वर्षको उमेरदेखि मात्र लेखपढ सुरु गरेका कारण निकै ढिलो भएको महसुस गरेका उनीहरूले कान्छो बच्चाका लागि भने १ वर्षको उमेरदेखि नै उत्तम शिक्षकको खोजी गर्न सुरु गरेका हुन् ।
बच्चाको शिक्षक बन्ने व्यक्ति एक आदर्श शिक्षक हुनुपर्नेछ जोसँग व्यापक शव्दाबली हुनुका साथै शब्दहरू को सही उच्चारणसाथ बोल्नुपर्नेछ ।
साथै जागिरमा छनोट हुनका लागि विभिन्न भाषासँगै संगीत सिद्धान्तको राम्रो ज्ञान पनि हुनुपर्ने बताइएको छ । साथै उसमा लर्डस्, संग्राहलय, थिएटर, विम्बलडन तथा ट्विकेनहेमका यात्रासँगै पोलो र डुंगायात्राको विषयमा पनि अपेक्षित शिक्षा हुनुपर्नेछ ।
यतिधेरै तलब लिएर पढाएको बच्चा इटन, सेन्ट पल्स तथा वेस्टमिनिस्टर जस्ता प्रतिष्ठित स्कुलमा भर्ना पाउने अपेक्षा गरिनेछ ।
उक्त जागिरमा करीब साडे ३ करोड वार्षिक तलबसँगै वर्षमा चार हप्ताको विदा र भ्रमणका लागि कार तथा चालक समेत उपलब्ध गराइनेछ । -एजेन्सी
प्रतिक्रिया 4