+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ज्योति विकास बैंकलाई राष्ट्रिय आविष्कार केन्द्रको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १० गते १३:०३

काठमाडौं । डा. महावीर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रले ज्योति विकास बैंक लिमिटेडलाई सम्मान गरेको छ ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष डा. महावीर पुनले बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई बैंकले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान-पत्र प्रदान गरेका हुन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालका ५१ वटा ग्रामीण, दुर्गम र विभिन्न क्षेत्रका स्वास्थ्य संस्थाहरूमा “न्यानो नानी” परियोजनामार्फत बेबी वार्मर मेसिन सहयोग गरेको थियो ।

आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित न्यानो नानी – बेबी वार्मर मेसिनहरु निर्माण तथा आवश्यकता भएका स्वास्थ्य केन्द्रहरुमा जडानका लागि बैंकले वित्तीय सहयोग र बैंकका शाखा कार्यालयहरुको पहल र सहकार्यमा हालसम्म ५१ वटा बेबी वार्मर मेसिन जडान गरिसकेको छ ।

बैंकले बेबी वार्मर मेसिन प्रदान गरेका स्वास्थ्य केन्द्रहरू :

क्र. सं. अस्पताल/स्वास्थ्य केन्द्र जिल्ला प्रदेश
आम्दा अस्पताल झापा कोशी प्रदेश
खोटाङ जिल्ला अस्पताल खोटाङ
इनरुवा अस्पताल सुनसरी
चिउरीडाँडा स्वास्थ्य चौकी खोटाङ
बाक्सिला स्वास्थ्य चौकी खोटाङ
ओखलढुंगा सामुदायिक अस्पताल ओखलढुंगा
इलाम जिल्ला अस्पताल इलाम
नेपाल परिवार नियोजन संघ-परिवार स्वास्थ्य केन्द्र सुनसरी
स्वास्थ्य चौकी साउने उदयपुर
१० प्राथमिक स्वास्थ्य केन्द्र-मेचीनगर झापा
११ बेलहारा स्वास्थ्य चौकी धनकुटा
१२ प्राथमिक स्वास्थ्य केन्द्र तेह्रथुम
१३ स्वास्थ्य चौकी याङनाम-फिदिम पाँचथर
१४ प्राथमिक स्वास्थ्य केन्द्र महोत्तरी मधेश प्रदेश
१५ लिपानिबिर्ता स्वास्थ्य चौकी परवानीपुर
१६ चन्द्रनिगाहपुर अस्पताल चन्द्रनिगाहपुर
१७ फेटा स्वास्थ्य चौकी  बारा
१८ प्राथमिक स्वास्थ्य केन्द्र-जीतपुर बारा
१९ रतनपुरी स्वास्थ्य चौकी बारा
२० सामरी स्वास्थ्य चौकी नुवाकोट बागमती प्रदेश
२१ हेटौंडा अस्पताल हेटौडा
२२ बेतिनी सामुदायिक स्वास्थ्य चौकी फापरबारी
२३ कल्पवृक्ष स्वास्थ्य चौकी सिन्धुली
२४ देउराली प्राथमिक स्वास्थ्य केन्द्र नुवाकोट
२५ खैरहनी नगर अस्पताल  चितवन
२६ बघौडा अस्पताल चितवन
२७ खड्गभञ्ज्याङ स्वास्थ्य चौकी नुवाकोट
२८ महाकाली स्वास्थ्य चौकी नुवाकोट
२९ नेत्रावती डबजोङ अस्पताल धादिङ
३० मध्यबिन्दु जिल्ला अस्पताल  नवलपुर गण्डकी प्रदेश
३१ बेनी अस्पताल म्याग्दी
३२ बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बाग्लुङ
३३ शिशुवा अस्पताल कास्की
३४ थर्पु स्वास्थ्य चौकी तनहुँ
३५ आँबुखैरेनी अस्पताल तनहुँ
३६ कपिलवस्तु सामुदायिक अस्पताल  कपिलवस्तु लुम्बिनी प्रदेश
३७ प्युठान जिल्ला अस्पताल प्युठान
३८ भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र प्युठान
३९ महादेवपुरी स्वास्थ्य चौकी बाँके
४० बर्दिया जिल्ला अस्पताल बर्दिया
४१ सिसहनिया स्वास्थ्य चौकी दाङ
४२ हर्नैया स्वास्थ्य चौकी रुपन्देही
४३ स्वास्थ्य सेवा कार्यालय जाजरकोट कर्णाली प्रदेश
४४ जर्बुटा स्वास्थ्य चौकी सुर्खेत
४५ विराट स्वास्थ्य चौकी जुम्ला
४६ डुङ्गेश्वर आधारभूत स्वास्थ्य तथा सरसफाइ सेवा केन्द्र दैलेख
४७ चिल्खाया स्वास्थ्य चौकी कालिकोट
४८ गुम स्वास्थ्य चौकी मुगु
४९ लाँकुरी स्वास्थ्य चौकी दैलेख
५० महाकाली अञ्चल अस्पताल कञ्चनपुर सुदूरपश्चिम प्रदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?