+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares
मधेश सरकारको योजना खरिदबिक्री प्रकरण :

मधेश कांग्रेसको चेतावनी : विकृतिको साक्षी भएर बस्न बाध्य हुने छैन

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २५ गते १८:०८

२५ फागुन, जनकपुरधाम। मधेश सरकारका मन्त्रालयहरुमा योजना खरिदबिक्री भइरहेको समाचारबारे नेपाली कांग्रेस संसदीय दलले आफ्नो दल त्यसमा संलग्न नरहेको स्पष्ट पारेको छ ।

दलका नेता कृष्णप्रसाद यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा आइरहेका यस्ता समाचारप्रति नेपाली कांग्रेसले विशेष चासो राखेको उल्लेख गरेका छन्।

मधेश प्रदेश सरकारमा नेपाली कांग्रेससहित जनमत पार्टी, नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सम्मिलित गठबन्धन रहेको बताउँदै उनले लेखेका छन्, ‘केही मन्त्रालयको नाम नै उल्लेख गर्दै समाचार सम्प्रेषण भइरहेका छन्। यदि ती समाचारमा भनिए अनुसार योजना खरिदबिक्री वा सरकारी कोषको दुरुपयोग भएको हो भने नेपाली कांग्रेस त्यसमा कुनै पनि रूपमा संलग्न नरहेको प्रष्ट पार्न चाहन्छु ।’

यादवले सरकारको योजनाहरु कार्यान्वयनको क्रममा नकारात्मक प्रभाव परिरहेको वा बजेटको दुरुपयोग भइरहेको भएमा सत्ता गठबन्धनको प्रमुख घटकको नाताले नेपाली कांग्रेसले गम्भीर चासो राख्ने बताएका छन् ।

साथै, सरकारलाई तत्काल सुधारका लागि आवश्यक कदम चाल्न चेतावनी दिएका छन् ।

‘सत्तासाझेदार भएकै आधारमा यस्ता विकृत गतिविधिहरूको साक्षी भएर बस्न नेपाली कांग्रेस बाध्य हुने छैन। आवश्यक परेमा सम्बद्ध पक्षहरूसँग छलफल गरी उचित निर्णय लिनेछौं,’ यादवको विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?