
गुगल कम्पनीले आफ्नो सातौं पुस्ताको आर्टिफिसियल इन्टेलिजेन्स चिप आइरनउड सार्वजनिक गरेको छ ।
उक्त नयाँ चिप विशेषगरी एआई एप्लिकेसनहरुको स्पिड (गति) बढाउनका लागि तयार गरिएको हो ।
आइरनउड चिपले ती डेटा प्रोसेसिङ आवश्यकताहरूलाई पूरा गर्छ । जुन प्रयोगकर्ताद्वारा च्याट जिपिटीजस्ता एआई टुल्समा प्रश्न सोधिएपछि सिर्जना हुन्छ ।
यो प्रविधिलाई इन्टरफेस कम्प्युटिङ पनि भनिन्छ । यस्ता चिप्सले च्याटबटमा प्रश्नहरूको जवाफ दिन वा अन्य प्रतिक्रिया सिर्जना गर्नका लागि तिव्र गणना गर्दछन् ।
एनभिडियालाई टक्कर दिने तयारी
गुगलको यो दशकौँ पूरानो तथा अर्बौँ डलरको प्रयास वास्तवमा चिपमेकर एनभिडियाको दबदबालाई चुनौती दिने विकल्पमध्ये एक हो । यसले एआई प्रोसेसर मार्केटमा नयाँ सम्भावनाहरू खुलाएको छ ।
गुगलको टेन्सर प्रोसेसिङ युनिट (टिपियु) केवल कम्पनीका इन्जिनियर तथा त्यसका क्लाउड प्लाटफर्मका माध्यमबाट मात्रै प्रयोग गर्न सकिन्छ । त्यसैले यसबाट गुगलको आन्तरिक एआईको विकासमा प्रतिस्पर्धी क्षमतालाई वृद्धि गर्नेछ ।
गुगलले पहिले आफ्ना टीपीयू चिप्सलाई दुई हिस्सामा बाँडेको थियो । एउटा यस्तो चिप छ जो ठूलो एआई मोडेललाई प्रशिक्षित गर्न सक्षम छ भने दोश्रो खालको चिपले इन्टरफेन्स (एआईको रन टाइमको उपयोग) लाई सस्तो तथा तिव्र बनाउँछ ।
अब नयाँ आइरनउड चिपले यी दुबै क्षमतालाई एकीकृत गर्नेछ । आइरनउड चिपलाई एकसाथ ९,२१६ चिपहरूको समूहमा काम गर्नका लागि डिजाइन गरिएको हो । यसमा अघिल्लो संस्करणको तुलनामा धेरै मेमोरी रहेको छ ।
प्रतिक्रिया 4