 
																			काठमाडौं । सन् २०२४ समाप्त हुने संघारमा छ । यसवर्ष विश्व मनोरञ्जन जगतका लागि उथलपुथल रह्यो । नेपाल पनि यसबाट अछुतो रहेन । वर्ष सकिनै लाग्दा गुगलले यसवर्ष प्लाटफर्ममा धेरै खोजिएका कुराको सूची सार्वजनिक गरेको छ ।
यसवर्ष विश्व मनोरञ्जन क्षेत्र (कलाकार, फिल्म, संगीत र टेलिभिजन क्षेत्रमा धेरै के कुरा गुगल गरिए ? गुगल ट्रेन्डले यो सूची सार्वजनिक गरेको छ । जसअनुसार यहाँ यी तथ्य प्रस्तुत गरिन्छ ।
अभिनेतातर्फ :
१) क्याट विलियम्स
२) पवन कल्याण
३) एडम ब्रोडी
४) एल्ला पुर्नेल
५) हिना खान
फिल्मतर्फ :
१) इनसाइड आउट २
२) डेडपुल एण्ड वुल्भरिन
३) साल्टबर्न
४) बिटलजुस बिटलजुस
५) ड्युन : पार्ट २
संगीतकर्मी :
१) डिड्डी
२) अशर
३) लिंकिन पार्क
४) सबरिना कार्पेन्टर
५) जस्टिन टिम्बरलेक
गीततर्फ :
१) नट लाइक अस- केन्ड्रिक लामार
२) एप्ट -रोज र ब्रुनो मार्स
३) ब्लिङ- ब्यांग ब्यांक बर्न– क्रिप्टी नट्स
४) थिक अफ इट- केएसआई
५) एस्प्रेस्सो- सरबिना कार्पेन्टर
टिभी शोतर्फ :
१) द पर्फेक्ट कपल
२) क्वीन अफ टियर्स
३) म्यारी माइ हजबेन्ड
४) थ्री बडी प्रब्लम
५) नोबडी वान्ट्स दिस
गुगल ट्रेन्डले ट्रेन्डिङको सूचीमा नेपाल समावेश नगर्दा यसवर्ष प्लाटफर्ममा बढी के खोजिए भन्ने कुरा यकिन गर्न कठिन छ । यद्यपी, कस्टम सर्चमा नेपाल राखेर हेर्दा धेरैले पुष्पा २ को बक्सअफिस क्लेक्सनदेखि के-पपको अडिसन र गीत खोजी गरेको पाइन्छ । कतिपयले पूर्णबहादुरको सारंगीजस्ता शब्दको खोजी गरेका छन् ।
स्रोत : गुगल ट्रेन्ड्स
 
                









 
                                     
                                 
                             
                                 
             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4