 
																			अहिलेको समयमा स्मार्टफोन सबैजसो मानिसको दैनिकीको अभिन्न हिस्सा बनिसकेको छ । हामीले नयाँ स्मार्टफोन खरीद गरिसकेपछि सबैभन्दा पहिले त्यसमा विभिन्न आवश्यक एपहरु इन्स्टल गर्दछौं । उसो त एन्ड्रोइड फोनमा एपहरु इनस्टल गर्नका लागि गुगल प्लेस्टोरको विकल्प डिफल्ट रुपमा दिइएको हुन्छ। तर, कहिलेकाहीँ मानिसहरुले गुगल प्लेस्टोरको साटो थर्ड पार्टी एपस्टोर एप वा कुनै साइटबाट एप डाउनलोड गर्दछन् वा APK फाइलको प्रयोग गर्दछन् ।
एपिके फाइल जोखिमपूर्ण हुनसक्छन्
स्मरण रहोस् अहिलेको समयमा थर्ड पार्टी एपस्टोर तथा एपिके फाइलको प्रयोग गर्नु निकै जोखिमपूर्ण हुन्छ । गुगल प्लेस्टोरमा उपलब्ध नहुने विभिन्न एपहरुको एपिके फाइल पनि इन्टरनेटमा फेला पार्न सकिन्छ । त्यस्ता एपहरुलाई गुगलले प्लेस्टोरमा प्रतिबन्धित गरेको हुन्छ वा प्लेस्टोरमा राख्नका लागि त्यस्ता एपका डेभलपर्सले गुगलसँग सम्झौता गरेका हुँदैनन् ।
त्यसैले प्लेस्टोरका अलावा अन्य खालका स्रोतबाट अनधिकृत वा अप्रमाणित एपहरु डाउनलोड गर्दा तपाईंको गोपनीयता खतरामा पर्नसक्छ वा तपाईंका डेटा पनि चोरी हुनसक्छन् । अन्य स्रोतबाट डाउनलोड गरिएका एपिके फाइलमा गुगलको नियन्त्रण पनि हुँदैन जसले गर्दा त्यस्ता एप इन्स्टल गर्दा ह्याकिङ, डेटा चोरी वा साइबर अपराधको जोखिम बढ्दछ । यदि तपाईं पनि एपिके फाइल वा कुनै अन्य अप्रमाणित स्रोतबाट एप इन्स्टल गर्नुभएको छ भने तपाईंले त्यस्ता एपको स्क्यानिङ अवश्य गर्नुपर्दछ । यसका लागि गुगलको सहयोग लिन सकिन्छ ।
उपयोगी छ गुगल प्ले स्टोरको यो टूल

आफ्नो फोनमा इन्स्टल गरिएको एप सुरक्षित छ कि छैन भन्ने कुरामा ध्यान दिनु अत्यन्तै जरुरी हुन्छ । Google Play Protect फिचरलाई गुगलले एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताका लागि केही वर्षअघि ल्याएको थियो । यसले गुगल प्लेस्टोरबाट डाउनलोड गरिने एपमा सम्भावित भाइरस तथा अन्य समस्या तथा जोखिमका विषयमा समय समयमा जाँच गरिरहन्छ ।
यतिमात्र होइन यो फिचरले स्मार्टफोनलाई स्क्यान पनि गर्दछ । यदि कुनै पनि एपबाट तपाईंको स्मार्टफोनलाई खतरा छ भने यो फिचरले त्यस बारेमा तपाईंलाई जानकारी दिन्छ ।
कसरी प्रयोग गर्ने गुगल प्ले प्रोटेक्ट फिचर ?
- सबैभन्दा पहिले गुगल प्लेस्टोर एप खोल्नुहोस्
- त्यसपछि प्रोफाइल आइकनमा जानुहोस्
- त्यहाँ तपाइँले एबिथ एचयतभअत अप्सन देख्नुहुन्छ, त्यसलाई थिच्नुहोस् ।
- त्यसपछि स्मार्टफोन स्क्यान गर्नुहोस् ।
यदि कुनै पनि एपबाट तपाईंको समर्टफोनलाई खतरा छ भने गुगल प्ले प्रोटेक्टले तपाईंलाई यस बारेमा जानकारी दिनेछ ।
त्यसपछि तपाईंले तुरुन्तै उक्त एपलाई हटाउन वा अनइन्स्टल गर्न सकनुहुन्छ ।
तपाईंले कुनै एपलाई फोनमा इन्स्टल गर्नुअघि गुगल प्ले प्रोटेक्टको भेरिफिकेसन ब्याज छ कि छैन भन्ने कुरा पनि अवश्य हेर्नुहोस् । किनकि भेरिफिकेसन ब्याज भएका एपहरु सुरक्षाको दृष्टिकोणबाट उत्तम मानिन्छन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4