
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'गुन्यु चोलो : द ड्रेस'को गीत 'म फूल हुँ कि काँडा' मंगलबार पत्रकार सम्मेलनमा सार्वजनिक भयो।
- नाजिर हुसेनले पारालैंगिक पात्रमा नृत्य र अभिनय गरेर प्रशंसा पाएका छन् र फिल्म १३ भदौदेखि प्रदर्शन हुनेछ।
- समुन्द्र भट्ट निर्देशित फिल्मले लैंगिक अल्पसंख्यक पारालिंगी समुदायको कथा भन्छ र अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ।
काठमाडौं । फिल्म ‘गुन्यु चोलो : द ड्रेस’को गीत सार्वजनिक भएको छ । ‘म फूल हुँ कि काँडा’ बोलको गीत मंगलबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरियो ।
लेखु सहयात्रीको शब्द संगीत रहेको गीतमा मनिषा पोखरेलको स्वर छ । गीतले आफूभित्र पनि प्रेमिल मन रहेको र माया गर्ने चाहना दर्शाएको छ ।
भिडियोमा नाजिर हुसेनको नृत्य छ । उनले पारालैंगिक पात्रमा आफूलाई रुपान्तरण गरेर मर्मस्पर्शी अभिनय गरेका छन् । उनको भावभंगिमा र नृत्य शैली लोभलाग्दो छ ।
यो गीतपछि हुसेनको प्रशंसा भैरहेको छ । आफूलाई अलग चरित्रमा प्रस्तुत गर्दै आएका हुसेनले यो गीतमा पनि आफूलाई जीवन्त तुल्याएका छन् ।
गीतको भिडियोमा अभिनेता सुशील सिटौलालाई पनि देख्न सकिन्छ । आयोजित पत्रकार सम्मेलनमा फिल्मले प्रदर्शन मिति समेत घोषणा गरेको छ । जसअनुसार यो फिल्म १३ भदौदेखि प्रदर्शन हुनेछ ।
समुन्द्र भट्टको निर्देशन रहेको यो फिल्मले लैंगिक अल्पसंख्यक पारालिंगी समुदायको कथा भन्छ । फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको पनि अभिनय छ ।
फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ । फिल्ममा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् । अनुपम श्रेष्ठ सहयोगी निर्माता हुन् ।
प्रतिक्रिया 4