News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालकी मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारीले २७ नोभेम्बरमा जापानमा हुने मिस इन्टरनेसनल २०२५ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
- उरुषा भण्डारीले मिस नेपालको ग्रान्ड फिनालेमा वाकपटुता र बौद्धिकता प्रमाणित गरेकी थिइन्।
- उरुषा भण्डारी डेन्टल सर्जरी विषयकी विद्यार्थी हुन् र मंगलबार राती जापानतर्फ उड्ने तयारीमा छिन्।
काठमाडौं । गतसाता फिलिपिन्समा सम्पन्न मिस अर्थमा नेपालको प्रस्तुति उत्साहजनक रह्यो । मिस नेपाल अर्थ सोनी घलेले केही प्रारम्भिक प्रतिस्पर्धामा राम्रो प्रस्तुति दिइन् ।
अब ध्यान सोझिएको छ- ‘मिस इन्टरनेसनल २०२५’ मा । यो विश्वप्रसिद्ध सौन्दर्य प्रतियोगिता २७ नोभेम्बरमा जापानमा हुँदैछ ।
यसमा नेपालको प्रतिनिधित्व मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारीले गर्दैछिन् । ‘सौन्दर्य र शान्तिको संवाहक’ थिममा यसपटक मिस इन्टरन्यासनल हुँदैछ । प्रतियोगीले सोही थिममा देशको प्रतिनिधित्व गर्नेछन् ।
ललितपुरकी २६ वर्षिया उरुषा आफ्नैमा प्रतिभाशाली छिन् । मिस नेपालको ग्रान्ड फिनालेमा नै उनले वाकपटुता र बौद्धिकतालाई प्रमाणित गरेकी थिइन् ।
डेन्टल सर्जरी विषयकी विद्यार्थी उरुषा मंगलबार राती जापानतर्फ उड्दैछिन् । त्यता जानुअघि उनले आकर्षक फोटोसुट गरेकी छिन् ।




प्रतिक्रिया 4