News Summary
Generated by OK AI. Editorially reviewed.- मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारी विश्वप्रसिद्ध सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनलको ६३ औं संस्करणमा सहभागी हुन जापान प्रस्थान गरेकी छन्।
- मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका पदाधिकारीसहित सन् २०२५ का मिस नेपालको ब्याचका सुन्दरीहरूले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे।
- उरुषाले मुलुकको गरिमा बढाउन सक्दो योगदान गर्ने र जितको लागि सक्ने प्रयास गर्ने बताइन्, प्रतियोगिता टोकियोमा २७ नोभेम्बरमा हुनेछ।
काठमाडौं । विश्वप्रसिद्ध सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनलको ६३ औं संस्करणमा सहभागी हुन मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारी जापानतर्फ प्रस्थान गरेकी छन् ।
उनलाई मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका पदाधिकारीसहित सन् २०२५ का मिस नेपालको ब्याचका सुन्दरीहरूले बिदाइ गरे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिडियासँग कुरा गर्दै उरुषाले मुलुकको गरिमा बढाउन आफूले सक्दो योगदान गर्ने बताइन् । ‘जितको लागि सक्ने प्रयास गर्नेछु । यसका लागि म उत्साहित छु’ उनले भनिन् ।
मिस अर्थपछि मिस इन्टरनेसनल हुन लागेको हो । टोकियोमा हुने प्रतियोगिताको ग्राण्ड फिनाले २७ नोभेम्बरमा आयोजना हुनेछ ।
‘सौन्दर्य र शान्तिका संवाहक’ नारासहित हुन लागेको यसवर्षको संस्करणमा ८० मुलुकका सुन्दरीले प्रतिस्पर्धा गर्नेछन् ।



प्रतिक्रिया 4