+
+
Shares

नेपाल ‘मिस कोस्मो’ मा अन्तिम २१ अगावै बाहिरियो, उपाधि अमेरिकालाई

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १३:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२५ मा नेपालले विश्वप्रसिद्ध सौन्दर्य प्रतियोगितामा भाग लिएको भए पनि कुनै पनि प्रतियोगितामा सेमिफाइनलमा स्थान बनाउन सकेको छैन।
  • भियतनाममा भएको मिस कोस्मो २०२५ को ग्रान्ड फिनालेमा अमेरिकाकी योलिना लिन्डक्विस्टले उपाधि जितेकी छिन्।
  • नेपाली सहभागी दीपशिखा नेपाल मिस कोस्मोमा अन्तिम २१ मा प्रवेश गर्न असफल भएकी छिन्।

काठमाडौं । सन् २०२५ मा नेपालले जति पनि विश्वप्रसिद्ध सौन्दर्य प्रतियोगितामा भाग लियो, त्यसको नतिजामा एउटा समानता देखिएको छ । कसैले पनि सेमिफाइनलमा स्थान बनाउन सकेनन् ।

मिस अर्थ, मिस इन्टरनेसनल, मिस युनिभर्स हुँदै मिस कोस्मोसम्म आइपुग्दा नेपालको नतिजा त्यस्तै देखिएको छ । शनिबार बेलुका भियतनाममा आयोजित मिस कोस्मोमा पनि नेपाली सहभागी दीपशिखा नेपाल अन्तिम २१ मा प्रवेश गर्न असफल रहिन् ।

यीमध्ये मिस वर्ल्ड हुन बाँकी छ, यसको तयारीमा लुना लुइँटेल ब्यस्त छिन् ।

कुरा गरौं मिस कोस्मोको । दीपशिखाले प्रारम्भिक राउण्डहरूमा धेरैको ध्यानाकर्षण त गर्न सकिन् तर, ग्रान्ड फिनाले उनको पक्षमा देखिएन ।

शनिबार राति भियतनाममा भएको ग्रान्ड फिनालेमा अमेरिकाकी योलिना लिन्डक्विस्टले ‘मिस कोस्मो २०२५’ को ताज जितेकी छिन् । उनले अन्तिम चरणको प्रतिस्पर्धामा फिलिपिन्सकी चेल्सी फर्नान्डेजलाई पछि पार्दै उपाधि सुरक्षित गरिन् ।

प्रतियोगिताका शीर्ष पाँच फाइनलिस्टमा ब्राजिलकी गेब्रिएला बोर्गेस, पानामाकी इटाली मोरा र म्यानमारकी मिन्ट म्याट मो लगायत विश्वभरका बलिया प्रतिस्पर्धीहरू थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?