१४ पुस, काठमाडौं । विभिन्न राजनीतिक दलहरू समानुपातिकतर्फको बन्द सूची बुझाउन फाइल बोकेर निर्वाचन आयोग पुगेका छन् । अहिलेसम्म चार वटा राजनीतिक दलहरूले समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाइ सकेका छन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो । जसका कारण राजनीतिक दलहरू समानुपातिकतर्फको उम्मेदवारको सूचीको फाइल बोकेर आयोग परिसर पुगिसकेका छन् । उनीहरू आयोग परिसरमा बसेर बन्द सूची बुझाउनका लागि तयारी गरिरहेका छन् । आयोग परिसरको खुला चौरमा बसेर दलहरूले उम्मेदवारको बन्द सूचीको फाइल मिलाउने काम गरिरहेका छन् ।
अहिलेसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रीय लोकतान्त्रिक पार्टीले बन्द सूची बुझाइसकेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया 4