News Summary
Generated by OK AI. Editorially reviewed.- लोकगायक कमल निर्मोहीको मिर्गौला रोगबाट मंगलबार साँझ निधन भएको छ।
- गायिका कोमल वलीले फेसबुकमार्फत निर्मोहीसँग गाएका लोकप्रिय गीतहरू स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेकी छन्।
- निर्मोहीको बुधबार दिउँसो दाङको सिधनियाघाट राप्तीनदीमा अत्येष्टि गरिने जनाइएको छ।
काठमाडौं । लोकगायक कमल निर्मोहीको निधन भएको छ । मिर्गौला रोगबाट पीडित उनको मंगलबार साँझ निधन भएको हो ।
गायिका कोमल वलीले फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनले आफू मर्माहत भएको बताएकी छन् । आफूले गायक निर्माेहीसँग गाएका केही गीतको समेत स्मरण गरेकी छन् ।
उनले निर्मोहीसँग गाएका गीतहरू ‘त्यो माडी खोलाले छेकेको हैन’, ‘मलाई छेक्यो मायालु तिम्रै मायाले’ लोकप्रिय रहेको स्मरण वलीले गरेकी छन् । रेडियो नेपालमा विकेका सयौं गीत रेकर्ड छन् ।
दाङमा जन्मिएका निर्मोही पछिल्लो समय नेपालगञ्जमा बस्दै आएका थिए । उनी रेडियो नेपालका पूर्वकर्मचारी समेत हुन् । उनका ‘लाग्यो माया मोहनी नजरमा’, ‘पोखरामा क्या राम्रो रूपाताल, डुंगा चढी सलल मायाजाल’ लगायतका गीत हिट छन् ।
लोकपप र आधुनिक गीतमा समेत उनले स्वर दिएका छन् ।
निर्मोहीको परिवारमा एक छोरा र दुई छोरी छन् । एक महिनाअघि उनकी पत्नीको समेत निधन भएको थियो । बुधबार दिउँसो दाङको सिधनियाघाट राप्तीनदीमा अत्येष्टि गरिने जनाइएको छ ।
प्रतिक्रिया 4