+
+
Shares

पाँचथरमा गुञ्जियो ‘प्रमोद एन्ड परम्परा’, स्टेजमै लगाइदिए सिलाम साक्मा (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २६ गते १९:५१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाँचथरको यासोक बजारमा गायक प्रमोद खरेल र उनको ब्यान्ड 'प्रमोद एन्ड परम्परा' ले दुई घण्टा लामो सांगीतिक प्रस्तुति दिएका छन्।
  • कार्यक्रममा हजारौं दर्शक सहभागी थिए र गीतपछि 'वान्स मोर, वान्स मोर' को आवाज गुञ्जिएको थियो।
  • प्रमोद खरेलले लिम्बु समुदायसँग आफ्नो आत्मीय सम्बन्ध र स्थानीयले दिएको सिलाम साक्मा सम्मानको कुरा उल्लेख गर्नुभएको छ।

काठमाडौं । पाँचथरको यासोक बजारमा गायक प्रमोद खरेलसहित उनको ब्यान्ड ‘प्रमोद एन्ड परम्परा’ ले भव्य सांगीतिक प्रस्तुति दिएको छ । लिम्बु समुदायको बाहुल्यता रहेको यासोकमा आयोजित कन्सर्टमा हजारौं दर्शक सहभागी थिए ।

स्थानीय फुटबल मैदानमा आयोजित कार्यक्रम राति ११ बजेदेखि सुरु भएर १ बजेर ३० मिनेटसम्म चलेको थियो । लगातार दुई घण्टासम्म ब्यान्डले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा दर्शकले नाचेर साथ दिएका थिए । हरेक गीतपछि मैदानभरि ‘वान्स मोर, वान्स मोर’ को आवाज गुञ्जिएको थियो ।

ब्यान्डका सदस्यहरू दिउँसो नै यासोक पुगेका थिए । धरान, धनकुटा हुँदै तमोर करिडोरबाट करिब चार घण्टाको उकालो यात्रा पार गरेर टोली कार्यक्रमस्थल पुगेको जनाइएको छ ।

कन्सर्टपछि गायक खरेलले दर्शकप्रति आभार व्यक्त गरे । उनले गीत गाउने क्रममा आफू लिम्बु समुदायबीच आएको प्रसंग उठाएको बताए । आफ्नो पुख्र्यौली घर ताप्लेजुङ रहेको र बुवा पनि त्यहीँ जन्मिएको उल्लेख गर्दै उनले लिम्बु संस्कृतिसँग आत्मीय सम्बन्ध रहेको सुनाए ।

स्थानीयले सिलाम साक्मा लगाइदिने आशा आफूले राखेको र स्थानीयको तयारीसमेत रहेकाले कार्यक्रममै आएर सम्मानस्वरूप सिलाम साक्मा लगाइदिएको बताए ।

प्रमोदका अनुसार दर्शकको उत्साह निकै उल्लेखनीय थियो । दुई घण्टा लगातार प्रस्तुति हुँदासमेत दर्शकले थप गीतको माग गरिरहे । तीनदेखि चार घण्टा हिँडेरसमेत दर्शक कार्यक्रम हेर्न आएको देख्दा आफूहरू भावुक भएको उनले बताए ।

पछिल्लो समय ‘प्रमोद खरेल एन्ड परम्परा’ ब्यान्डले देश तथा विदेशमा सांगीतिक टूरलाई निरन्तरता दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?