News Summary
Generated by OK AI. Editorially reviewed.- गायक प्रमोद खरेल र उनको ब्याण्ड ‘प्रमोद एण्ड परम्परा’ सुदुरपश्चिम महोत्सवमा १८ हजारभन्दा बढी दर्शकमाझ धनगढीमा प्रस्तुति दिए।
- प्रमोद खरेलले अस्वस्थता बाबजुद दुई घण्टा लगातार गाएर दर्शकको साथ पाएको बताए।
- ब्याण्डले नयाँ गीत 'सलल कर्णाली' सार्वजनिक गर्ने तयारी गरिरहेको छ र अमेरिका तथा अस्ट्रेलियामा अन्तर्राष्ट्रिय टूर गर्ने योजना छ।
काठमाडौं । गायक प्रमोद खरेल र उनको ब्याण्ड ‘प्रमोद एण्ड परम्परा’ धनगढी बजारमा हजारौं दर्शकमाझ गुञ्जिएको छ ।
त्यहाँ आयोजना भैरहेको सुदुरपश्चिम महोत्सवमा ब्याण्डले शुक्रबार बेलुका भब्य प्रस्तुति दियो । धनगढी उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवमा ब्याण्डलाई सुन्न १८ हजार भन्दा धेरै दर्शक सहभागी रहेको जनाइएको छ ।
बेलुका ६ बजे नै महोत्सव सकिने भएपनि दर्शकले चिसोको पर्वाह नगरि बेलुका सवा ७ बजेसम्म ‘प्रमोद एण्ड परम्परा’ लाई धैयपूर्वक सुने र संगीतमा झुमे ।
‘दर्शक सवा ७ सम्म बसिदिनुभयो । खुसी लाग्यो’ खरेलले अनलाइनखबरसँग भने, ‘ब्याण्डलाई एकदमै माया र साथ दिनुभयो ।’ उनका अनुसार वर्षौंदेखि महोत्सव आयोजना भैरहेपनि, कुनै ब्याण्डले प्रस्तुति दिएको भने यो पहिलो अवसर हो ।
अस्वस्थताको बाबजुद प्रस्तुति दिन प्रमोद पश्चिम नेपालको एक मुख्य सहरमा पुगेका थिए । उनको स्वास्थ्य स्थिती प्रतिकूल बनेपछि हालै सुनवलको कन्सर्ट रोकिएको थियो ।

‘अस्वस्थ हुँदाहुँदै पनि मैले कसरी गाउँछु होला भन्ने भैरहेको थियो, घाँटी एकदमै बसेको थियो । दर्शकको साथ हुटिङ यस्तो थियो कि मलाई कठिनाइ हुँदाहुँदै पनि मैले कन्सर्ट सकेँ’ उनी सुनिए, ‘२ घण्टा लगातार गाइरहेँ । दर्शकले धेरै साथ दिनुभयो ।’
त्यहाँको महोत्सवमा पहिलोपटक कुनै ब्याण्डले प्रस्तुति दिन लागेको भन्ने कुरा सुनाउँदा आफूहरू सुरुदेखि नै उत्साहित रहेको प्रमोदले बताए ।
यसबाहेक, ब्याण्ड नयाँ गीत रिलिजको तयारीमा छ । हालै रेकर्ड भएको गीतलाई अर्को साता सार्वजनिक गर्ने तयारी छ ।
नयाँ गीतबारे प्रमोदले भने, ‘सलल कर्णाली बोलको गीत चाहिँ अलिकति फरक छ । प्रतीक्षा गर्नुहोला । कर्णालीको धेरै कुरा हामीले समेट्ने प्रयास गरेका छौं ।’
यसबाहेक, ब्याण्डले अमेरिका र अस्ट्रेलियामा अन्तर्राष्ट्रिय टूर गर्ने तयारी गरिरहेको छ । जेनजी आन्दोलनको कारण ब्याण्डको अस्ट्रेलिया टूर बीचमै रोकिएको थियो । त्यसलाई निरन्तरता दिने तयारी छ ।
ब्याण्डको लिड भोकलिस्टमा प्रमोद स्वयम छन् । लिड गिटारिस्टमा देवाशिष तामाङ, बेस गिटारमा कुशल थापा, किबोर्डमा राहुल भुजेल, ड्रममा भुपेन रसाइली, मादल जेपी जोशी र बाँसुरीमा संजीव मैनाली छन् ।







प्रतिक्रिया 4