+
+
Shares

मौलिक पहिचान दिलाउने फिल्मको लागि सरकारले ‘प्रोत्साहन अनुदान’ कार्यक्रम ल्याउने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १३:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले मौलिक पहिचान दिलाउने चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रम ल्याउने योजना बनाएको छ।
  • सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सनाले प्रतिनिधिसभाको बैठकमा उक्त जानकारी दिएका छन्।
  • राप्रसाका सांसद खुश्बु ओलीले संगीत र कला नसमेटिएको प्रश्न उठाएकी थिइन्, जसको जवाफ मन्त्री तिमिल्सनाले दिएका हुन्।

काठमाडौं । सरकारले मौलिक पहिचान दिलाउने गरि निर्माण हुने फिल्मको लागि प्रोत्साहन अनुदान कार्यक्रम ल्याउने भएको छ ।

नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सनाले प्रतिनिधिसभाको बैठकमा यस्तो जानकारी दिएका हुन् ।

उनले भने, ‘मन्त्रालयको कार्यक्षेत्र अन्तर्गत परेको चलचित्र र आमसञ्चार क्षेत्र अन्तर्गत काम गर्ने योजना सरकारको छ । बजेट तथा कार्यक्रममा यी विषयलाई सम्बोधन गर्न मौलिक पहिचान दिलाउने गरि निर्माण हुने चलचित्रलाई प्रोत्साहन अनुदान दिने कार्यक्रम सरकारको छ ।’

राप्रसा सांसद खुश्बु ओलीले नीति तथा कार्यक्रममा संगीत र कला नसमेटिएको कुरा उठाएकी थिइन् । त्यसको जवाफमा मन्त्री तिमिल्सनाले यस्तो जानकारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?