+
+
Shares

सुनको भाउ तोलामा १ हजार ८ सय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १२:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ तोकेको छ।
  • सुनको मूल्य एक सातामा ८ हजार ७ सय रुपैयाँ घटेको छ, गत बिहीबार ३ लाख २ हजार ५ सय रुपैयाँ थियो।
  • चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँ बढेर ५ हजार ५० रुपैयाँ पुगेको छ।

७ जेठ, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

एक सातामा भने सुन तोलामा ८ हजार ७ सय रुपैयाँ घटेको हो । गत बिहीबार ३ लाख २ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ९० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९६० रुपैयाँ रहेको चाँदी आज ५ हजार ५० रुपैयाँ कायम भएको छ । गत बिहीबार चाँदी प्रतितोला ५ हजार ७४५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?