News Summary
Generated by OK AI. Editorially reviewed.- अध्यागमन विभागले डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ जसले सेवाग्राही र कार्यालय दुवैलाई फाइदा पुग्नेछ।
- डिजिटल टाइम कार्डले आवेदनको रियल टाइम जाँच, अनुमानित समय थाहा, र डिजिटल भुक्तानी सुविधा दिनेछ।
- यसले कार्यालयको जवाफदेहिता सुदृढ पार्ने र सेवा प्रवाहमा गति तथा दक्षता वृद्धि गर्नेछ।
७ जेठ, काठमाडौं । अध्यागमन विभागले डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ । बिहीबार विभागमा एक कार्यक्रम गर्दै टाइम कार्ड कार्यान्वयनमा ल्याइएको हो ।
१३ चैतमा सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी १०० औं बुदाका २३ औं नम्बरमा सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्रयाकिङ योग्य र पारदर्शी बनाई समय र गति समेत जानकारी दिने बताइएको थियो ।
सोही अनुसार डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याइएको विभागका प्रवक्ता टिकाराम ढकालले बताए ।
यो टाइम कार्ड लागु भएसँगै सेवाग्राहीदेखि कार्यालयलाई समेत फाइदा पुग्ने बताइएको छ ।
आवेदनको रियल टाइममा जाँच गर्न सकिने, कार्य सम्पन्न हुने लाग्ने अनुमानित समय थाहा हुने, डिजिटल टाइमकार्ड मार्फत नै शुक्त भुक्तानी हुने, हरेक चरणको सूचना तत्काल थाहा हुने, बारम्बार काउन्टरमा सोधपुछ गर्ने समस्याबाट सेवाग्राही मुक्त हुने बताइएको छ ।
त्यस्तै कार्यालयतर्फ पनि जिम्मेवारी र जवाफदेहिता थप सुदृढ हुने, तथ्यांकमा आधारित कार्यसम्पादन मुल्यांकन, सेवा प्रवाहमा गति र दक्षता वृद्धि हुने, नागरिकको विश्वास र पारदर्शीता प्रबद्धन हुने, कस्टमर फस्टअनुसार कार्यसम्पादन हुने बताइएको छ ।
यसको प्रयोगका लागि क्युआर गर्न सकिने विभागले जनाएको छ । प्रत्येक शाखाका प्रतिक्षालयमा राखिएको क्यूआर स्क्यान गरेर आवेदन ट्रयाक गर्न सकिने बताइएको छ । त्यस्तै विभागको वेबसाइडमा गएर पनि काम गर्न सकिने बताइएको छ ।
प्रतिक्रिया 4