+
+
Shares

मधेश प्रदेश जसपा नेपाल संसदीय दलको नेतामा यादवले पाए निरन्तरता

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जसपा नेपाल संसदीय दलको नेतामा सरोज कुमार यादव सर्वसम्मत निरन्तरता पाएका छन्।
  • जसपा नेपाल र लोसपा नेपाल एकीकरणपछि मधेश प्रदेशमा २६ सिटसहित जसपा नेपाल सबैभन्दा ठूलो दल बनेको छ।
  • नेकपा एमाले २४ सिटसहित दोस्रो र नेपाली कांग्रेस २२ सिटसहित तेस्रो ठूलो दल रहेका छन्।

७ जेठ, जनकपुरधाम । मधेश प्रदेश जसपा नेपाल संसदीय दलको नेतामा सरोज कुमार यादव निरन्तरता पाएका छन् ।

जसपा नेपाल र लोसपा नेपाल एकीकरण पश्चात हिजोदेखि दलको नेता चयन गर्न कसरत चलेको थियो । पुन: सर्वसम्मत जसपा नेपालको संसदीय दलका नेता रहेका यादवलाई नै निरन्तरता दिएको हो ।

दुवै दल एकीकरण पश्चात मधेश प्रदेशमा २६ सिटसहित जसपा नेपाल सबभन्दा ठूलो दल बनेको छ । दुईजना सांसद हाल निलम्बनमा छन् ।

यसअघि पहिलो दल रहेको नेकपा एमाले अब २४ जना प्रदेश सभा सदस्य सहित दोस्रो र नेपाली कांग्रेस २२ जना प्रदेश सभा सदस्य सहित तेस्रो ठूलो दल रहेको छ ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टी १५ सिटसहित चौथो, जनमत पार्टी १२ सिटिहित पाँचौं दल बनेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीको एकएक जना प्रदेश सभा सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?