News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले सरकारले दीर्घकालीन योजना नबनाई सुकुमवासी बस्तीमा डोजर चलाएको आरोप लगाएका छन्।
- उनले सरकारलाई मानवअधिकार उल्लङ्घन गरी आफू पपुलर हुन डोजर चलाएको र देशभर डोजर आतंक चलेको बताए।
- थापाले विस्थापित परिवारलाई १५ हजार र ३० हजार दिने निर्णयमाथि प्रश्न उठाउँदै होल्डिङ सेन्टरमा मानसिक परामर्श आवश्यक भएको उल्लेख गरे।
७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले सरकारले कुनै दीर्घकालीन योजना नबनाई इगोका आधारमा सुकुमवासी बस्तीमा डोजर चलाएको आरोप लगाएका छन् ।
सरकारले मानवअधिकारको उल्लङ्घन गरी आफू पपुलर हुनको लागि डोजर चलाएको उनको भनाइ छ ।
‘हाल काठमाडौमा मात्रै होईन, देशभर नै डोजर आतंक चलेको छ । हालै सरकारले विस्थापित परिवारलाई १५ हजार र ३० हजार दिने निर्णय गरेको छ । यो के का लागी दिएको हो ?,’ उनले भने ।
बिहीबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले देशभर ‘डोजर आतंक’ चलेको उल्लेख गरे ।
साथै, विस्थापित परिवारलाई १५ हजार र ३० हजार रुपैयाँ दिने सरकारी निर्णयमाथि समेत प्रश्न उठाए । होल्डिङ सेन्टरमा रहेका नागरिकलाई मानसिक परामर्श आवश्यक रहेको उनको भनाइ छ ।
‘सरकार आफैँ भनिरहेको छ, हामीसँग पैसा छैन । पैसा छैन भन्ने फेरि पैसा बाँढ्ने काम गरिरहेको छ । यो सुकुमवासीलाई केही समय खुशी पार्नको लागि मात्रै दिएको हो की ? आजसम्म कति मन्त्रीहरू जानुभयो, होल्डिङ सेन्टरमा ?,’ उनले भने ।
प्रतिक्रिया 4