News Summary
Generated by OK AI. Editorially reviewed.- जगद्गुरु शंकराचार्य श्री विधुशेखर भारती सन्निधानम् धार्मिक विजय यात्रामा सहभागी हुन जेठ ९ गते नेपाल आउने कार्यक्रम छ।
- यती एयरलाइन्सले उनलाई भारतको मंगलुरु विमानस्थलबाट चार्टर फ्लाइटमार्फत् नेपाल ल्याउने जनाएको छ।
- धार्मिक विजय यात्रा जेठ ८ देखि १४ गतेसम्म पशुपतिनाथ मन्दिर परिसरमा विभिन्न आध्यात्मिक कार्यक्रमहरूसहित सञ्चालन हुने आयोजकले बताएको छ।
८ जेठ, काठमाडौं । जगद्गुरु शंकराचार्य श्री विधुशेखर भारती सन्निधानम् ऐतिहासिक धार्मिक विजय यात्रामा सहभागी हुन नेपाल आउने भएका छन् । उनी जेठ ९ गते यती एयरलाइन्सको चार्टर फ्लाइटमार्फत् नेपाल आइपुग्ने कार्यक्रम छ ।
यती एयरलाइन्सका अनुसार उनलाई नेपाल ल्याउनका लागि जहाज भारतको मंगलुरु अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेको छ ।
उक्त धार्मिक विजय यात्रा पशुपतिनाथ मन्दिर परिसरमा जेठ ८ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधिहरू आयोजना गरिनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4