+
+
Shares

पर्यटन बोर्डमा फोटो नेपाल ल्होत्से प्रथम आरोहण प्रदर्शनी सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १६:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्डमा १९५६ को पहिलो ल्होत्से आरोहणको दुर्लभ तस्बिरहरूको प्रदर्शनी ८ जेठदेखि १४ गतेसम्म आयोजना गरिएको छ।
  • प्रदर्शनी नेपाल पर्यटन बोर्ड, संस्कृति मन्त्रालय, नेपाल पर्वतारोहण संघ र स्विस विकास सहयोग नियोगको सहकार्यमा सुरु भएको हो।
  • प्रदर्शनीमा २५ वटा तस्बिर राखिएका छन् जसले प्रारम्भिक हिमालय अन्वेषण र पर्वतारोहण इतिहास उजागर गर्छ।

८ जेठ, काठमाडौं । नेपाल पर्यटन बोर्डमा फोटो नेपाल सिरिज अन्तर्गत १९५६ ल्होत्से प्रथम आरोहणको प्रदर्शनी सुरु भएको छ । प्रदर्शनी शुक्रबारबाट सुरु भएको हो ।

पर्वतारोहण इतिहासका महत्त्वपूर्ण उपलब्धिमध्ये एकलाई दस्तावेजीकरण गर्ने दुर्लभ तस्बिरहरूको प्रदर्शनी मार्फत आगन्तुकहरूलाई ऐतिहासिक जानकारी गराउने उद्देश्य राखिएको बोर्डले जनाएको छ ।

यो प्रदर्शनी नेपाल पर्यटन बोर्डको नेतृत्वमा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्वतारोहण संघ र स्विस विकास सहयोग नियोगको सहकार्यमा आयोजना गरिएको हो । प्रदर्शनीले सन् १९५६ को पहिलो ल्होत्से अभियानसँग सम्बन्धित महत्त्वपूर्ण ऐतिहासिक दृश्य अभिलेख प्रस्तुत गरेको हो ।

प्रदर्शनीमा कुल २५ वटा दुर्लभ तस्बिर राखिएका छन् । जसले प्रारम्भिक हिमालय अन्वेषणको भावना, संघर्ष र साहसलाई जीवन्त रूपमा प्रस्तुत गर्ने समेत बोर्डको भनाइ छ । यी तस्बिरले त्यस समयका ऐतिहासिक अभियान क्षण, हिमाली भू–दृश्यहरू तथा पर्वतारोहणमा संलग्न व्यक्तिहरूका कथा समेट्दै नेपाललाई विश्वव्यापी पर्वतारोहण गन्तव्यका रूपमा स्थापित गर्न योगदान पुर्‍याएका प्रारम्भिक अभियन्ताहरूको विरासत उजागर गरेको छ ।

उक्त प्रदर्शनी नेपाल पर्यटन बोर्ड परिसरमा आयोजना गरिएको छ र ।  जेठ ८ देखि १४ गतेसम्म दैनिक बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सबैका लागि खुला रहनेछ ।

यो प्रदर्शनी फोटो नेपालको नियमित पहलअन्तर्गतको एक हिस्सा हो, जसले नेपालको समृद्ध फोटो–सम्पदालाई संरक्षित तथा प्रबर्द्धन गर्ने उद्देश्यसहित व्यवस्थित डिजिटल अभिलेख निर्माणमा केन्द्रित रहेको बोर्डको भनाइ छ ।

यस प्रदर्शनी तथा डिजिटल पहलमार्फत बोर्डले नेपालको दृश्य इतिहास संरक्षण गर्दै आधुनिक, पहुँचयोग्य र नवप्रवर्तनशील डिजिटल माध्यमहरूद्वारा नेपालको पर्यटन कथालाई अन्तर्राष्ट्रिय स्तरमा थप सुदृढ बनाउने आफ्नो प्रतिबद्धता निरन्तर अघि बढाइरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?