+
+
Shares

उद्योग वाणिज्य महासंघमा ६ जना केन्द्रीय सदस्य मनोनीत

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले दुई महिलासहित ६ केन्द्रीय सदस्य मनोनीत गरेका छन्।
  • महासंघको विधान अनुसार कम्तीमा दुई जना महिलासहित ७ जना सदस्य मनोनीत गर्न पाउने प्रावधान छ।
  • अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको हकहित र देशको आर्थिक विकासका लागि सबै एकजुट हुनुपर्ने बताए।

८ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले दुई महिलासहित ६ केन्द्रीय सदस्य मनोनीत गरेका छन् ।

मनोनीत हुनेमा शिवप्रसाद घिमिरे, मनीषलाल प्रधान, नवीन रिजाल, गोकर्ण कार्की, दर्शना श्रेष्ठ, र सहारा जोशी छन् । महासंघको विधान धारा २९ को (च) १० को व्यवस्था अनुसार सबै सदस्य समूहको प्रतिनिधित्व हुनेगरी कम्तीमा दुई जना महिलासहित ७ जना सदस्य मनोनीत गर्न पाउने प्रावधान छ ।

सोही प्रावधान बमोजिम अध्यक्ष श्रेष्ठले शुक्रबार ६ जना सदस्य मनोनीत गरेका हुन् । विधानतः एक सदस्य पदमा भने मनोनय गर्न बाँकी छ । आजै महासंघको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदमा समेत पदाधिकारी निर्वाचित भएका छन् ।

नवनिर्वाचित तथा मनोनीत पदाधिकारी एवम् सदस्यलाई महासंघका अध्यक्ष श्रेष्ठले पद तथा गोपनीयताको सपथ गराए । सो अवसरमा अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको व्यावसायिक हकहित र देशको आर्थिक विकासका लागि सबै एकजुट भएर अगाडि बढ्नु पर्ने बताए । उनले देशभरका उद्योगी व्यवसायीका माग सम्बोधन गर्दै आर्थिक समृद्धि र विकासाका लागि महासंघ सक्रिय रहने धारणा राखे ।

महासंघको वैशाख २१ र २२ मा सम्पन्न ६० औं वार्षिक साधारणसभा तथा निर्वाचन पश्चात विधानको २९.३ को (वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने) व्यवस्था अनुसार अन्जन श्रेष्ठ महासंघको अध्यक्षमा निर्वाचित भएका हुन् । २०८१ मंसिरमा गरिएको सातौं संशोधनअनुसार यस कार्यकालका लागि मात्र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान लागु
गरिएको थियो । संशोधित विधानमा आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था नभई साधारण सभाबाट प्रत्यक्ष निर्वाचनमार्फत अध्यक्ष निर्वाचित हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?