+
+
Shares

एमाले सचिवालय : ५ उपाध्यक्षले राखे आफ्ना कुरा, भोलि फेरि बस्ने

आजको बैठकमा ५ जना उपाध्यक्षहरूले आफ्ना कुरा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको सचिवालय बैठक ८ जेठ काठमाडौंमा अध्यक्ष ओलीको निवास गुण्डुमा बसेर सकिएको छ।
  • आजको बैठकमा ५ जना उपाध्यक्षहरूले आफ्ना कुरा राखेका छन् भने १२ जना सदस्यले भोलि राख्नेछन्।
  • भोलि साढे ११ बजे अध्यक्ष ओलीकै निवासमा सचिवालय बैठक पुनः सुरु हुने उपमहासचिव लेखराज भट्टले जानकारी गराएका छन्।

८ जेठ, काठमाडौं । नेकपा एमालेको शुक्रबार बसेको सचिवालय बैठक सकिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठक केहीबेरअघि सकिएको हो ।

आजको बैठकमा ५ जना उपाध्यक्षहरूले आफ्ना कुरा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

उनका अनुसार, सचिवालयका अन्य १२ जनाले भोलि आफ्ना कुरा राख्नेछन् ।

भोलि बिहान साढे ११ बजे अध्यक्ष ओलीकै निवासमा पुन: सचिवालय बैठक बस्ने पनि भट्टले जानकारी गराए ।

‘कार्यविभाजनको विषयमा आज प्रवेश भएन । केही विषयमा संशोधन गरेर जानुपर्ला भन्ने कुराहरू योजनामै आउँदा हाम्रा कुरा राख्छौं भन्नुभएको छ,’ उनले भने, ‘भोलि साढे ११ बजे फेरि बैठक सुरु हुन्छ । भोलि १२ जना बाँकी छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?