+
+
Shares

एमाले सचिवालय : महासचिव, तीन उपमहासचिव र पाँच सचिवले राखे धारणा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ९ गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको दोस्रो दिनको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सम्पन्न भएको छ।
  • महासचिव शंकर पोखरेल, तीन उपमहासचिव र पाँच सचिवले धारणा राखेका छन् भनी उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो।
  • भोलि चार सचिवले धारणा राख्ने र प्रस्तावित ११ एजेण्डामा छलफल अघि बढ्ने जानकारी दिइएको छ।

९ जेठ, काठमाडौं । नेकपा एमालेको दोस्रो दिनको सचिवालय बैठक सकिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठक केहीबेरअघि सकिएको हो ।

आजको बैठकमा महासचिव शंकर पोखरेलले आफ्ना धारणा राखेका छन् । त्यस्तै, पार्टीका तीन उपमहासचिव र पाँच जना सचिवहरूले पनि धारणा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

‘उहाँहरूले आ–आफ्ना कुराहरू गहिरोसँग राख्नुभयो । हिजोदेखि आजसम्म आफूलाई लागेको अनुभूतिहरू अनुभव सबै राख्नुभएको छ,’ उनले भने ।

भोलि पुन: ४ जना सचिवले धारणा राख्ने र प्रस्तावित एजेन्डामा अघि बढ्ने पनि उनले जानकारी गराए ।

‘भोलि फेरि बाँकी ४ जना सचिवले कुरा राखेपछि हामी प्रस्तावित ११ वटा एजेण्डा प्रस्तुत छ, त्यसको छलफलमा जान्छौं,’ उनले भने ।

बैठकको बीचमा अध्यक्ष ओलीले दिशानिर्देशन गर्ने काम पनि भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?