+
+
Shares

करोडौं बजेटका धर्मशालाहरूको निर्माण कार्य अलपत्र

विवाहलगायतका समाजिक कार्यलाई मध्येनजर गरेर धर्मशाला र विवाह मण्डप निर्माणको योजना ल्याइएको थियो । तर, ७ वर्षमा समेत पूरा नहुँदा स्थानीयवासीले चित्त दुखाएका छन् ।

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८३ जेठ ९ गते १७:२७

९ जेठ, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिकामा तीनवटा विवाह मण्डप तथा धर्मशाला निर्माणको काम ७ वर्षदेखि अलपत्र परेको छ ।

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा सशर्त अनुदानअन्तर्गत चार वटा विवाह मण्डप तथा धर्मशाला बनाउन बोदेबरसाईन नगरपालिकालाई एक करोड बजेट दिएको थियो । जसमध्ये वडा नम्बर २ स्थित दिनाराम दिनाभद्री मन्दिर परिसरमा रहेको धर्मशालाको निर्माणकार्य मात्रै सम्पन्न भएको छ । बाँकी तीनवटा विवाह मण्डल तथा धर्मशालाको निर्माण कार्य अधुरो अवस्थामै अलपत्र परेको हो ।

जसमा बोदेबरसाईन नगरपालिका–१० स्थित खडकपुर हटिया फिल्डमा विवाहमण्डप र धर्मशाला निर्माणका लागि २५ लाख विनियोजन भएको थियो । त्यसमध्ये २१ लाख ६६ हजार ९०५ रूपैयाँ खर्च भएको भनिएको छ । तर, काम पूरा नहुँदा स्थानीयले विवाहमण्डप र धर्मशाला प्रयोग गर्न पाएका छैनन् ।

यस्तै बोदेबरसाईन–३ गौरामा निर्माणाधीन विवाहमण्डप तथा धर्मशाला निर्माणका लागि पनि २५ लाख नै विनियोजन गरिएकामा त्यसमध्ये ५ लाख ७३ हजार ८८ रूपैयाँ खर्च गरेर बाँकी काम अलपत्र पारिएको छ ।

यस्तै बोदेबरसाईन–७ सुगापोखरीमा पनि विवाहमण्डप र धर्मशालाका लागि अर्को २५ लाख विनियोजन गरिएको थियो । जसमा १५ लाख ७९ हजार २९७ रुपैयाँ खर्चिएर निर्माण कार्य अधुरो छाडिएको छ ।

यी सबै योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको थियो ।

विवाहलगायतका समाजिक कार्यलाई मध्येनजर गरेर धर्मशाला र विवाह मण्डप निर्माणको योजना ल्याइएको थियो । तर, ७ वर्षमा समेत पूरा नहुँदा स्थानीयवासीले चित्त दुखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?