News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको दोस्रो दिनको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सम्पन्न भएको छ।
- महासचिव शंकर पोखरेल, तीन उपमहासचिव र पाँच सचिवले धारणा राखेका छन् भनी उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो।
- भोलि चार सचिवले धारणा राख्ने र प्रस्तावित ११ एजेण्डामा छलफल अघि बढ्ने जानकारी दिइएको छ।
९ जेठ, काठमाडौं । नेकपा एमालेको दोस्रो दिनको सचिवालय बैठक सकिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठक केहीबेरअघि सकिएको हो ।
आजको बैठकमा महासचिव शंकर पोखरेलले आफ्ना धारणा राखेका छन् । त्यस्तै, पार्टीका तीन उपमहासचिव र पाँच जना सचिवहरूले पनि धारणा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
‘उहाँहरूले आ–आफ्ना कुराहरू गहिरोसँग राख्नुभयो । हिजोदेखि आजसम्म आफूलाई लागेको अनुभूतिहरू अनुभव सबै राख्नुभएको छ,’ उनले भने ।
भोलि पुन: ४ जना सचिवले धारणा राख्ने र प्रस्तावित एजेन्डामा अघि बढ्ने पनि उनले जानकारी गराए ।
‘भोलि फेरि बाँकी ४ जना सचिवले कुरा राखेपछि हामी प्रस्तावित ११ वटा एजेण्डा प्रस्तुत छ, त्यसको छलफलमा जान्छौं,’ उनले भने ।
बैठकको बीचमा अध्यक्ष ओलीले दिशानिर्देशन गर्ने काम पनि भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4