+
+
Shares

बाजुरा–हुम्ला सीमा विवाद : लाम्पाटा क्षेत्रमा सुरक्षाकर्मी परिचालन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते ८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाजुराको हिमाली गाउँपालिका–३ को लाम्पाटामा सीमा विवादका कारण कुटपिट भएको घटनापछि थप सुरक्षाकर्मी परिचालन गरिएको छ।
  • हुम्लाको खार्पुुनाथ गाउँपालिका–२ का स्थानीयले हिमाली–३ का वडा सदस्य पेमा गारा गुरुङसहित पाँच जनामाथि कुटपिट गरेको थियो।
  • प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको नेतृत्वमा १० जनाको टोली लाम्पाटामा वस्तुगत स्थिती बुझ्न गएको र घाइते सबैको उपचारपछि डिस्चार्ज भएको छ।

१० जेठ, धनगढी । बाजुराको हिमाली गाउँपालिका–३ को लाम्पाटामा सीमा विवादको विषयलाई लिएर कुटपिटको घटना भएपछि सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थलीका स्थानीयको समूहले हिमाली–३ का वडा सदस्य पेमा गारा गुरुङसहितका पाँच जनामाथि कुटपिट गरेको थियो । ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान लिएर पुगेको धनगढीका मेयर गोपाल हमाल नेतृत्वको टोली उनीहरुको अवरोधका कारण साइपाल बेसक्याम्प नपुग्दै फर्किएको थियो ।

घटना भएको हप्ता दिनपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको नेतृत्वमा १० जनाको प्रहरी लाम्पाटातर्फ पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीले लाम्पाटाको वस्तुगत स्थितीबारे बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली त्यसतर्फ गएको जानकारी दिए ।

उनकाअनुसार शनिबार प्रस्थान गरेको टोली आइतबार मात्र लाम्पाटा पुग्नेछ । सशस्त्र प्रहरीको नेतृत्व प्रहरी सहायक निरीक्षक (असई)ले गरेका छन् । लाम्पाटामा प्रहरी चौकी निर्माण र सीमा विवादको विषयलाई लिएर खार्पुनाथका स्थानीयको कुटपिटमा परेर घाइते भएका वडा सदस्यसहितको काठमाडौंमा उपचार भइरहेको थियो ।

स्वास्थ्य अवस्था सामान्य भएपछि उनीहरु सबै डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?