३ साउन, सर्लाही । सर्लाही सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको टावरमा एक युवक चढेपछि सुरक्षाकर्मीले उद्धार प्रयास सुरु गरेका छन् ।
गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैन टावरको माथिल्लो भागमा चढेका हुन् । उनी रातिको समयमा नै टावरमा चढेको हुनसक्ने आशंका गरिएको छ ।
टावरमाथि चढेका युवकले बिहान ४ बजे साथीलाई फोन सम्पर्क गरेर बोलाएका थिए । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको छ ।
सुरक्षाकर्मीहरूले युवकसँग संवाद गरी उनलाई सुरक्षित रूपमा उद्धार गर्ने प्रयास गरिरहेका छन् । उनी टावरमा चढ्नुको कारण भने खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4