+
+
Shares

अपडेट : नारायणगढ–मुग्लिन सडकखण्डमा चल्न थाले गाडी

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते ८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको जलबिरेमा सवारी साधन ठोक्किएपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
  • दुर्घटनामा परी करिब २५ जना यात्रु घाइते भएका छन् भने प्रहरीले दुर्घटनाग्रस्त सवारी साधन सडकबाट हटाएको छ ।
  • सडक डिभिजन कार्यालयले लेन अनुशासन कायम गर्दै सीमित गतिमा सवारी साधन चलाउन चालकहरूलाई आग्रह गरेको छ ।

३ साउन, चितवन । चितवनको जलबिरेमा ठोक्किएका सवारी साधन हटाएर नारायणगढ–मुग्लिन सडकखण्ड सन्चालनमा ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र सडक डिभिजन कार्यालय चितवनले दुईतर्फी नै बाटो खुला भएको जानकारी दिएका छन् ।

प्रहरीका अनुसार काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०५०५ बस र सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १६७१ नम्बरको बस तथा सोही दिशाबाट आउँदै गरेको ट्रकमा ठोक्किएका थिए । दुर्घटनामा करिब २५ जना यात्रु घाइते भएका छन् ।

वर्षा र पहिरोको उच्च जोखिम भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि बन्द गराएको सो सडकखण्ड बिहान ६ बजे खुलाइएको थियो । सडक खुला भएलगत्तै सवारी साधनहरुले लेन पालना नगर्दा दुर्घटना तथा जाम हुने गरेको छ । सडक डिभिजन कार्यालयले लेन अनुशासनमा रही सीमित गतिमा सवारीसाधन चलाउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?