+
+
Shares

जुम्लामा जडिबुटी खाएर बिरामी परेका एकजनाको उपचारको क्रममा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते ८:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जुम्लाको तातोपानी गाउँपालिका–१ मा सतुवा नामक जंगली जडिबुटी खाँदा ६५ वर्षीय दलजित सार्कीको उपचारको क्रममा मृत्यु भएको छ ।
  • जुम्लाको चन्दननाथ नगरपालिकामा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा दैलेखका ४८ वर्षीय मिनबहादुर साउदको उपचारका क्रममा ज्यान गएको छ ।
  • खोटाङको केपिलासगढी गाउँपालिका–४ मा खहरेखोला तर्ने क्रममा बगेका ७१ वर्षीय परशुराम परियार मृत अवस्थामा फेला परेका छन् ।

३ साउन, काठमाडौं । जुम्लाको तातोपानी गाउँपालिका–१ मा आज बिहान जंगली जडिबुटी खाएर बिरामी परेका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय दलजित सार्की रहेका छन् ।

स्थानीयका अनुसार उनले आज बिहान सवा तीन बजे सतुवा नामको जडिबुटी खाएका थिए । लगत्तै उनी बिरामी परेका थिए । त्यसपछि उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

जुम्लामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

३ साउन, काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिकाको बसपार्क क्षेत्रमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दैलेखको दुल्लु नगरपालिका–३ का ४८ वर्षीय मिनबहादुर साउदको मृत्यु भएको हो ।

जुम्ला बजारबाट रारालिहीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–००१ प २७८२ नम्बरको स्कुटर शनिबार बेलुका अनियन्त्रित भई सडक किनारमा पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका साउदको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोटाङमा खहरेखोलाले बगाउँदा वृद्धको ज्यान गयो

३ साउन, काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिका–४ गैरीगाउँमा हिजो बेलुकी खहरे खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७१ वर्षीय परशुराम परियार छन् ।

हिजो बेलुकी ७ बजे खहरे खोला तर्ने क्रममा उनी बगेका थिए । खोजतलासको क्रममा बगाएको स्थानबाट करिब १०० मिटर तल झ्याङमा उनी मृत फेला परेको इलाका प्रहरी कार्यालय बाक्सिला खोटाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?