+
+
Shares

यात्रु तानातान गर्ने ३२ जना जडीबुटी एरियाबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १२:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यात्रुलाई तानातान र हैरानी दिएको आरोपमा प्रहरीले जडीबुटी क्षेत्रबाट ३२ जनालाई पक्राउ गरेको छ ।
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको छ ।
  • यात्रुलाई जबरजस्ती गाडीमा चढाउने र झोला तान्ने जस्ता गुनासा बढेपछि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

२५ असार, काठमाडौं । यात्रु तानातान गरेको आरोपमा जडीबुटी क्षेत्रबाट ३२ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३२ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।

यात्रुहरुलाई जबरजस्ती गाडीमा हाल्ने, झोला तान्ने र दु:ख हैरानी दिने गरेको गुनासोपछि पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?